डिकेन्द्र बस्नेत, झापा । दमक ८ मा रहेको बालुवाटार जग्गा प्रकरणमा दोषी ठहरिए पछि न्यायको माग गर्दै माओवादी नेता गगन पुरीले पार्टीको कोशी प्रदेश कोषाध्यक्षबाट राजीनामा दिएका छन ।
दमकको बालुवाटार जग्गा बारे विशेष अदालतले गरेको फैसला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरी लगायतका विरुद्ध मुद्दा दर्ता गरेको थियो ।
नेता पुरिले लेखेका छन हाम्रो गौरवसाली पार्टीको प्रदेश समितिको कोषाध्यक्ष जस्तो गरिमामय पदमा रहिरहने उपयुक्त नहुने ठहर गर्दै नैतिकताको आधारमा मैले कोषाध्यक्ष पदवाट राजीनामा दिएको छु ।
पार्टी र सरकारले सामाजिक न्याय सहित सुशासन र समृद्धीको निम्ती संचालन गरेको यस महान अभियानमा म र मेरो परिवार जस्तोसुकै बलिदानी गर्न तयार छौं । देश, जनता र पार्टीको हित भन्दा प्रिय मेरोलागि अरु कुरा केहि छैन । त्यसैले सत्य तथ्य र निश्पक्ष छानवीनको सहजताको लागि मैले आफ्नो पदबाट राजिनामा दिएको ब्यहोरा अवगत गराउदछु भनेका छन।
पत्रमा भनिएको छ यति वेला आएर म लगायत १७१ जना भन्दा बढी सर्वसाधारण ज्यालादारी मजदुरी गरिखाने स्थानीयलाई अभियोग दर्ता गरिएको छ । हामिलाई विश्वास छ, हामिवाट गैरकानुनी काम वा त्यस प्रकारको कुनै पनि गल्ती भएको छैन । वास्तवमा हामी सबैजना निर्दोस छौं र अन्यायमा परेका छौं । यस घटनाको वारेमा सत्यतथ्य छानविन हुन जरुरी छ । अझ मैले मेरावारेमा उठेका प्रश्नहरुको वारेमा पारदर्शी हुन झनै जरुरी छ । तसर्थ पार्टीको तर्फवाट यस घटनाको साथै म र मेरो एकाघरको सम्पत्तिको समेत छानविनका लागि अविलम्ब छानविन समिति गठन गरिपाउ भनी अनुरोध गर्दछु ।
क. अध्यक्ष नेकपा (माओवादी केन्द्र) प्रदेश समिति, प्रदेश नं १
मिति : २०८०।११।१४
विषय : राजीनामा सम्वन्धमा ।
प्रस्तुत् सम्वन्धमा म यो निवेदन पेश गर्दछुकी झापा जिल्ला दमक ८ मा रहेको हाम्रो पैत्रिक जमिनसँग सम्वन्धीत भई सम्मानीत विशेष अदालतले गरेको फैसला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म लगायतका विरुद्ध अभियोग दर्ता गरेको हुँदा हाम्रो गौरवसाली पार्टीको प्रदेश समितिको कोषाध्यक्ष जस्तो गरिमामय पदमा रहिरहने उपयुक्त नहुने ठहर गर्दै नैतिकताको आधारमा मैले कोषाध्यक्ष पदवाट राजीनामा दिएकोछु ।
क. अध्यक्ष, मेरो बुवा भगवान पुरीले २००२ साल देखि जंगल फडानी गरि करिव ६० विगाहा जमिन जोतभोग गरेको, २०२१ सालमा बुवाको नाममा २४ विगाहा र आमा रुपादेवी पुरी को नाममा ४-१४-१० गरि जम्मा २९ विगाहा १४ कट्ठा १० धुर जग्गाको धनिपुर्जा तत्कालीन श्री ५ को सरकारवाट प्राप्त गरेको हो । हाल आएर त्यसरी प्राप्त गरेको पैत्रिक जमिन माथी कानुनी अड्चन पैदागरी विभिन्न मिडिया र सामाजीक संजालहरुमा गलत प्रचारवाजी भइरहेको छ । यस वारेमा म स्वयंले निवेदन गरि तत्कालीन नेकपा कालमा नै छानविन गरिसकेको, गएको माघ २९ गतेका दिन पनी पार्टी केन्द्रलाई सम्वोधन गरि यस वारेमा छानविन गरिपाउँ भनी मैले माग निवेदन गरेको अवगत नै छ । यतिवेला आएर म लगायत १७१ जना भन्दा बढी सर्वसाधारण ज्यालादारी मजदुरी गरिखाने स्थानीयलाई अभियोग दर्ता गरिएको छ । हामिलाई विश्वास छ, हामिवाट गैरकानुनी काम वा त्यस प्रकारको कुनै पनि गल्ती भएको छैन । वास्तवमा हामी सबैजना निर्दोस छौं र अन्यायमा परेका छौं। यस घटनाको वारेमा सत्यतथ्य छानविन हुन जरुरी छ। अझ मैले मेरावारेमा उठेका प्रश्नहरुको वारेमा पारदर्शी हुन झनै जरुरी छ। तसर्थ पार्टीको तर्फवाट यस घटनाको साथै म र मेरो एकाघरको सम्पत्तिको समेत छानविनका लागि अविलम्ब छानविन समिति गठन गरिपाउ भनी अनुरोध गर्दछु ।
स्मरण गराउन चाहन्छुकी, जग्गा नाप जाँच ऐन २०१९ को दफा ६ वमोजिम २०६३/६४ तिर थप हाम्रो परिवार लगायत ति सुकुम्वासीहरु र दमक नगर भित्रको हाल वडा नं ५,६,८,९ र १० मा गरि करिव २५०० घर परिवारले पुन नापि टोलीवाट यस प्रकारको धनिपुर्जा प्राप्त गरेको हुदा यो समस्यालाई पार्टी र सरकारले निश्पक्ष अनुसन्धान गरि सामुहिक ढंगले समस्या समाधानको लागि पहल गरिदिनुहुन पनि अनुरोध गर्दछु ।
पार्टी र सरकारले सामाजिक न्याय सहित सुशासन र समृद्धीको निम्ती संचालन गरेको यस महान अभियानमा म र मेरो परिवार जस्तोसुकै बलिदानी गर्न तयार छौं । देश, जनता र पार्टीको हित भन्दा प्रिय मेरोलागि अरु कुरा केहि छैन । त्यसैले सत्य तथ्य र निश्पक्ष छानवीनको सहजताको लागि मैले आफ्नो पदबाट राजिनामा दिएको ब्यहोरा अवगत गराउदछु ।
वोधार्थ
नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय कोटेश्वर काठमाण्डौं ।

