डिकेन्द्र बस्नेत, झापा । समाजमा रचनात्मक काम गर्दै अगाडि बढेको संस्था जीवन चक्र समाज नेपालले आज विधिवत रुपमा दमक ६ मा केन्द्रीय कार्यालय स्थापना गरेको छ ।
संस्थाकाे कार्यालय दमक नगर पालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईं तथा दमक वडा नम्बर ६ का अध्यक्ष टेक बहादुर थापाको हात बाट उद्घाटन भएको छ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख भट्टराईले संस्था स्थापना गरि नगर पालिकामा गर्नु पर्ने काममा सहयोग गरिरहेको स्मरण गर्दै संस्थालाई आवश्यकता पर्ने जे जस्तो सहयोग गर्न तयार रहेको जानकारी दिनु भयाे।
कार्यक्रममा दमक वडा नम्बर ६ का वडा अध्यक्ष थापाले ” मेरो जिम्मेवारी म पुरा गर्छु परिवर्तन आफुबाट सुरु गराै ” यो मन्त्र आफुलाई ज्यादै मन पर्ने र आफू पनि यो संस्थासँगै रहने प्रतिबद्धता जनाउनुभएको छ।
पत्रकार मनकुमार गदालले कार्यालय उद्घाटन सँगै समाजमा पुर्याएकाे याेगदानकाे प्रसंसा गर्नु भयो ।
पहिलो पाइला दमक अध्यक्ष दिवस खतिवडाले संस्था सँग रहेर सामाजिक गतिविधि गर्ने प्रतिबद्धता जनाउनु भयो । यस्तै स्वराेजगार हलुका सवारी अध्यक्ष बालकृष्ण श्रेष्ठ, डिपिएल अध्यक्ष बालचन्द्र कार्की, क्लब हिमालयन दमक शाखा अध्यक्ष मेघनाथ फुयालले शुभकामना दिएका थिए।
संस्थाका अनुशासन समिति संयाेजक बासुदेव काफ्लेले संस्था किन परिकल्पना गरियो भन्ने बिषयमा जानकारी गराउदै सबैलाई स्वागत गर्नु भयो भने । संस्थाले कुन-कुन क्षेत्रमा काम गर्छ भन्ने बिषयमा कार्यक्रम सहजिकरण समितिका संयाेजक डिल्ली प्रसाद अधिकारीले जानकारी दिनु भयो । कार्यक्रम संस्थाका सचिव गणेश प्रधानले संचालन गर्नु भएको थियो ।

