डिकेन्द्र बस्नेत, झापा । झापाको झापा गाउँपालिका- ४ भानटोली स्थितमा आगोलागी हुँदा आगोले जलेर एक जना बालकको मृत्यु भएको छ । हिजो अपरान्ह साढे ४ बजे परालको कुन्युमा अचानक आगोलागी हुँदा सोहि स्थान रहेको ४८ बर्षीय ईनाम हुसेन सेखको १ तले टिनको छानो भएको कच्ची घरमा आगलागी हुँदा सेखको ४ बर्ष ६ महिनाको छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी टोली खटिगई प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमाटमको लागि प्रादेशीक अस्पताल भद्रपुर पठाई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
आगलागीबाट ईनाम हुसेन शेख र ३२ बर्षीय शाकिर हुसेन सेखको भान्सा घर भित्र रहेको खाद्यान्न, भाडावर्तन, लत्ताकपडा र नजिकै रहेको मस्जिद समेत पुर्णरुप जलेर नष्टहुँदा अन्दाजी ८ लाख बरावरको क्षेति भएको छ ।
उक्त आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयवासीहरुको सहयोग बेलुका साढे ६ बजे नियन्त्रणमा लिएको थियो ।
