डिकेन्द्र बस्नेत , झापा । समाजवादी प्रेस संगठन झापा जिल्ला कमिटीको आयोजनामा जिल्ला स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
शनिबार बिहान ८ बजे बिर्तामोड स्थित हिमाल सागर पार्टी प्यालेसमा हुन लागेको जिल्ला स्तरीय भेलामा पत्रकारिता क्षेत्रका चुनौति र अबको बाटो बिषयक अन्तरक्रिया मूलक छलफल कार्यक्रम गर्न लागिएको समाजवादी प्रेस संगठन झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य अनिल देव राईले बताउनु भयो।
जिल्ला स्तरीय भेलामा प्रेस संगठन नेपालका उपाध्यक्ष तथा प्रदेश इन्चार्ज तिर्थ सिग्देलको आतिथ्य रहने संगठनले जनाएको छ।
सो भेलामा पत्रकार महासंघ झापा शाखाको आसन्न निर्वाचन लक्षित केही बुदाँगत महत्वपूर्ण छलफल समेत हुने भएको छ।
त्यस्तै समाजवादी प्रेष संगठन नेपालको केन्द्रीय महाधिवेशन पछि देशव्यापी संगठन सुढृढिकरणका कार्यक्रमहरु भइरहेको छ। साथै संगठनमा सदस्यता विस्तार, तालिम, प्रशिक्षण लगायतका कार्यक्रम तयारी भइहेको छ ।
