काठमाण्डौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ९८ पदमा जागिर खुला गरेको जनाएको छ ।
प्रधिकरणले आज शुक्रबार सूचना प्रकाशन गर्दै आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायक स्तर सम्मका ९८ जना पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।
प्राधिकरणले प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १/१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृत, उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक, एभिएशन फायर सर्भिसेसतर्फ १७ जना प्राविधिक सहायक पदमा आवेदन खुलाएको हो ।
इच्छुक तथा योग्य नेपाली नागरिकहरूले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।

