डिकेन्द्र बस्नेत, झापा । झापाको विर्तामोड नगरपलिका वडा नं. ०५ भद्रपुर रोड स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा सोही स्थानका २० बर्षीय राज राजबंशी रहेका छन् ।
हिजो दिउसो पौने २ बजे इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ३३० मिलिग्राम सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका राजबंशीको थप अनुसन्धान भईरहेको छ ।
