डिकेन्द्र बस्नेत, झापा
सुचना चौतारी
विरामी र रक्तदाता विच मध्यस्तकर्ताको भुमिका निर्वाह गर्दै जीवन वचाउने महाअभियानमा लागेको तत्काल रक्तदाताले आफ्नो स्थापनाको ५ औं वर्ष पुरा गरेको अवसरमा एक कार्यक्रमका बिच वार्षिकोत्सब मनाएको छ ।
विराटनगरको कन्चनजंगा पार्टी प्यालेसमा भएको कार्यक्रममा
संस्थाले ५७ औं पटकसम्म रक्तदान गरेका वसन्त अधिकारी तथा ५२ औं पटकसम्म रक्तदान गरी सवैलाई प्रेरणा दिनुहुने पाष्टर राम प्रसाद पौडेललाई सम्मान गरेको छ ।
प्रमुख अतिथिमा ईसाई समाज विराटनगरका अध्यक्ष एवं कोशी प्रदेश ईसाई समाजका प्रवक्ता पाष्टर सुरज मल्ल यस्तै अतिथिमा ईसाई नारी समाज विराटनगरकि अध्यक्ष जमुना खड्का, संस्थाका सदस्यहरु र सक्रिय रक्तदाताहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा प्रमुख अतिथि मल्लले भन्नुभयो “यदि कसैले आफैलाई भन्दा वढी अरु कसैलाई प्रेम गर्दछु भनेर भन्दछ भने उसले रक्तदान गर्दछ र त्यो महान कार्य अन्तरगत पर्दछ “भन्दै संस्थाको सफलताको कामना गर्नुभयो ।
ईसाई नारी समाज विराटनगरकि अध्यक्ष खड्काले शुभकामना मन्तव्यको क्रममा “आपतको समयमा मध्यरातको समयमा पनि कसरी यस संस्थाले रगत उपलब्ध गराई सुत्केरी आमाको जीवन वचाएको थियो भन्ने “ स्मरण सुनाउदै धन्यवाद ज्ञापन गर्नुभयो ।
तत्काल रक्तदाता संस्थाका अध्यक्ष सुरेन्द्र मल्लले २०७५ फाल्गुण ५ गते महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत १२ जना विधार्थीहरु को समुह क्याम्पस प्रागंणमा वसेर छलफल गरि स्थापना गरिएको यस संस्था अहिले विधिवत रुपमा समेत दर्ता गरि करिव १९ सय जना भन्दा वढीलाई रक्तदान गर्न सफल भएको बताउनुभयो । सो अवसरमा अध्यक्ष मल्लले सहभागी सवैलाइ धन्यवाद ज्ञापन गर्दै संस्थाको नयाँ लोगो पनि सार्वजनिक गर्नुभएको थियो।

