Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उर्लाबारीको बेथेलमा सांस्कृतिक कार्यक्रमसंगै स्पोर्ट मिट सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 13, 2024
[webverse_shares]

डिकेन्द्र बस्नेत, झापा। उर्लाबारी ७ स्थित बेथेल एजुकेशनल एकेडेमीको खेलकुद सप्ताह कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। विगतका वर्षहरूमा जस्तै यसवर्ष एक विशेष कार्यक्रमका बीचमा खेलकुद सप्ताह सञ्चालन भएको थियो ।

सोमबार विद्यालय परिसरमा मार्चपास गर्दै सञ्चालन भएकोे खेलकुद सप्ताहको एन् प्याब्सनका मोरङका अध्यक्ष नारायण ढकालले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले शिक्षा क्षेत्रमा खेलकुदको महत्व तथा बेथेल एकेडेमी स्कुल यस ठाउँमा पृथक ढंगले अगाडी बढिरहेको बताएका छन् । उनले विद्यार्थीवर्ग देशका कर्णधार भएको चर्चा गर्दै अध्ययन अध्यापनसँगै खेलकुद गतिविधिले विद्यार्थीवर्गमा अनुशासन एवम् सामूहिक भावना विकास गर्न मद्दत गर्नुका साथै खेलकुदले मानसिक एवं शारीरिक रुपमा स्वस्थ रहन तथा व्यक्तित्व विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ज्ञान आर्जन गर्नेतर्फ विद्यार्थीवर्ग केन्द्रीत हुनुपर्ने बताउँदै पौडेलले अनुशासित भई गरेको निरन्तरको मेहनतबाट सफलता प्राप्त गर्न सकिने बताए । उनले शिक्षकवर्गले आफ्ना विद्यार्थीहरुलाई अभिभावक भएर उत्कृष्ट शिक्षा प्रदान गर्न हरप्रयास गर्नुपर्ने कुरा समेत उल्लेख गरे ।

बेथेल एकाडेमीका संस्थापक प्रिन्सिपल दीपक न्यौपानेले विद्यालयलाई उत्कृष्ट बनाउन निरन्तर रुपमा विभिन्न प्रयास गरिरहेको चर्चा गरे । उनले उत्कृष्ट नतिजाका साथ गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा प्याब्सन मोरङका उपाध्यक्ष सुरेन्द्र सुवेदी, उर्लाबारीका पार्लेन्स बोर्डिङका प्रिन्सिपल हेमचन्द्र भट्टराई, लिटिल एन्जल बोर्डिङका प्रिन्सिपिल केबी राईलगायतको आतिथ्यता रहेको थियो ।

विद्यालयका शिक्षक देहराज नेम्वाङले कार्यक्रम संचालन गरेका थिए । खेलकुद सप्ताहमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, एथलेटिक्स, टेवल टेनिस, दौड लगायतका खेलहरु समावेश गरिएको थियो । कार्यक्रममा अभिभावक र अतिथिहरु बीचमा पनि विभिन्न स्पर्धा गराइएको थियो ।

२०७२ सालमा स्थापना भएको बेथेल एकाडेमीले छोटो समयमा गुणस्तरीय शिक्षामा फड्को मारेको छ । चार सय बढी विद्यार्थी अध्ययनरत विद्यालयमा २७ जना शिक्षक, कर्मचारी रहेका छन् । नयाँ सोचका साथ विद्यालयले विभिन्न कार्यक्रमलाई अघि बढाएको छ ।

गत वर्षदेखि अन्तर्राष्ट्रिय अवार्डको कार्यक्रम ल्याएको बताउँदै प्रिन्सिपल न्यौपानेले विदेशी शिक्षकबाट नयाँ विधिको प्रयोगबाट शिक्षण हुने जनाए । मन्टेश्वरी कक्षालाई छुट्टै भवनमा राखेर शिक्षण गर्नका लागि भवन निर्माण भइरहेको उनले बताए । गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको वेथेलले १२ जना अनाथ बालबालिकालाई नि:शुल्क पढाइरहेको छ ।

विद्यालय सञ्चालनमा एउटा भिजन र मिसन आवश्यक छ। स्पष्ट भिजनसहित अघि बढेका विद्यालयका संस्थापक र प्रिन्सिपल दीपक न्यौपाने वेथेललाई नमूना निजी विद्यालय बनाउने अभियानमा रहेको बताउँछन् । सुविधासम्पन्न भौतिक पूर्वाधारमा तालिमप्राप्त शिक्षकशिक्षिकाबाट अध्यापन गराउँदै आएको प्रिन्सिपल न्यौपाने बताउँछन् ।

पूर्वप्राथमिक तहमा पूर्ण मन्टेश्वरी विधिको प्रयोग गरिएको उनको भनाई छ । बालबालिकालाई खेल्दै सिक्नका लागि पर्याप्त सामग्रीको व्यवस्था विद्यालयले गरिदिएको छ । शान्त वातावरण, सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय, खेलमैदान, शौचालयको व्यवस्था रहेको वेथेलमा श्रव्यदृश्य प्रविधिबाट पनि शिक्षण गरिंदै आएको छ ।

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि जोड दिइएको प्रिन्सिपल न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved