डिकेन्द्र बस्नेत । ईलाम चुलाचुलि गाँउपालिका वडा न ५ काे वार्षिक याेजना अनुरुप कृषि अभिवृद्धि कार्यक्रम अन्तर्गत ५०% लागत साझेदारीमा प्रविधि युक्त मकै रोप्ने मेसिन वितरण गरेको छ ।
सोमबार वडा नम्बर ४ को आफ्नै प्रांगणमा ४ कृषि समूह र २० कृषकहरुलाई सो मेसिन वडा अध्यक्ष बविन राईद्वारा वितरण गरिएको हो । चार हजार बराबर पर्ने मेसिनमा वडाले २ हजार र कृषकले २ हजार लगानी गरेको हो ।
यस मेसिनले मकैको अलवा केराउ, चना, सिमि लगायत अन्य गेडागुडी जन्य काेशेबालि राेपन्न सकिन्छ । वडाबाट वितरण गरिएको प्रविधि युक्त मेसिन मल र बीउ समेत एकै पटक राेप्न मिल्ने जनाएको छ।
कृषिमा यान्त्रिककरण गरि आधुनिक तरिकाले कृषि गरे समय र स्राेतकाे बचत साथै कम लागत लाग्ने वडा अध्यक्ष राईले बताउनु भयो।
