अबिन मेन्याङ्बाे । ख्रीष्टियन महासंघ नेपाल नामक एक संस्थाले आज फेरि एक धम्की पुर्ण भाषमा बिज्ञाप्ती जारी गरेको छ। उक्त बिज्ञाप्तीमा पत्रुकार र केही केही नेगेटिभ तत्व जस्ता शब्दहरु प्रयोग गरिएको छ।
उक्त बिज्ञाप्तीमा भनिएको छ स्थानिय सरकारसँग सहकार्य गरि २० बर्ष पछि अनुमति लिएरर समाधिस्थल बनाउन खोज्दा!! यदि स्थानिय सरकार सहकार्यमा समाधिस्थल बनाउने हो भने एक जना बराबर किन हजार,पन्ध्र सय दुई हजार लिनु?
बिज्ञाप्तीमा भने अनुरुप पर्खाल लगाउन,प्रे टावर बनाउन, एम्बुलेन्स संचालन गर्न अफिस संचाल्न गर्न जस्तो कुराहरुमा रकम उपयोग गर्ने कुरा गरियो तर गत्माग ११ गतेको बिज्ञाप्तीमा के थियो?
सरसरती हेरौ है त:
१.१.न. बुदा समाधिस्थलमा आफ्नो मण्डलीको समेत सहभागीता जनाउने भए वा उपभोग गर्न चाहेमा प्रती ब्यक्ती(१ बर्ष देखि १० बर्ष सम्मको रु.१ हजार,१०-१६ बर्षको रु.१५ सय र १६ देखि माथी रु दुई हजार) हुने गरि प्रबेश शुल्क स्वरुप उठाउने।
१.२.न.बुदा महासंघको स्थानीय समितिमा आबद्द भएको मण्डलीहरुको प्रारम्भिक प्रवेश शुल्क हजार हुने गरि।
१.३.न.बुदा किस्ताबन्दीमा तिर्नु पर्ने कुरा
१.४.न. बुदा समाधिस्थलमा प्रयोग गर्न चाहाने मण्डलीहरुले जानकारी गराएको एक महिना भित्र पनि प्रबेश नगरे ३ हजारको दरले बुझाएर मात्र सदस्यता प्राप्त हुनेछ।
१.५. न. बुदा१० ह जार भन्दा माथी सहयोग गर्ने ब्यक्तिहरु,संघ-संस्थाहरुको नाम विशेष अभिलेखमा क्रमश प्रकाशन गरिने।
१.६.न.बुदा राष्ट्रिय तथा अन्तरास्ट्रिय संघसंस्थाले १ लाख भन्दा माथी सहयोग गरे ५ न. बुदाकै जसरी गर्ने।
अब
जाउ २ न.मा
२.क मा लेखिएको छ शब दफन गर्दा १० हजार लाग्ने छ।
२.ख मा प्रबेश शुल्क नबुझाएको मण्डलीको हकमा प्रत्येक पल्ट १ लाखका दरले पटके शुल्क तथा काठमाडौ उपत्यका बाहिर(उपत्यकाको हस्पिटलमा उपचारका क्रममा)प्रत्येक पल्ट रु ४० हजारको दरले पटके शुल्क स्वरुप जग्गा प्रयोगको दस्तिर लाग्ने छ।
२.ग मा कुनै पनि बेला थपघट तथा संशोधन हुन सक्ने।
नोट : समाधिस्थलको सदस्यता प्राप्त गरेको मण्डलीको हकमा शब बाहन निशुल्क गरिने छ। अहिले आएर दुई जिब्रे कुरा गर्ने?
मरे पछि शरीर दफन हुनलाइ पनि यत्रो लाखौ खर्च गर्नु पर्ने?
आखिर मण्डलीले के बुझ्ने?यस्ता नया रुपधारण गरेर आएको महासंघको जोगिहरुलाइ सिधा सिधी रुपमा धपाउनु पर्छ यिनिहरु भनेको हाम्रो समुदायका कलंकहरु हुन।
बिज्ञाप्तीमा जारी गर्दा पनि ठाडो भाष्य प्रयोग गर्ने?यी कस्ता अगुवा हुन?
हेर्नाेहाेस याे संस्थाले ११ माघमा जारी गरेकाे विज्ञप्ति अनुसार हामिले गरेकाे खबरदारी:https://lm.facebook.com/l.php?u=https%3A%2F%2Fsuchanachautari.com%2F26620%2F%3Ffbclid%3DIwAR1ZeIoTxZcp-bEeZvYoZfQkH2EfQyiK0zpO00as6DZ_tBZGes68Iobr8rY&h=AT2eKA-BJ4h2fDJ4cgInFiTK55IGW2xeMbbSVy6Iolskn-R9gLIqOSm0BeqmLzV8H3WgEAE_JDsi4GUSjViZYD95AmYvYZPvtQ0XNU71unS1h9gT48I8_Ef8lclN7nkeIouH
