Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमक महाेत्सवकाे समुद्घाटन अर्थमन्त्री डा‍ प्रकाश शरण महतले गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 9, 2024
9 shares

झापा । दमक उद्योग वाणिज्य संघको आयोजनामा दमकमा यही माघ २८ गते देखि सुरु हुने पाँचौ दमक महोत्सवमा अर्थमन्त्री डा‍. प्रकाश शरण महतले गर्ने तय भएको छ। सो महोत्सवमा हालसम्म विदेशका २० वटा स्टल बुकिङ भएका छन् ।

उद्योग, व्यवसायको व्यवसायिक प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले छ वर्षपछि हुन लागेको संघको यस महोत्सवमा भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंकालगायत देशहरुबाट हालसम्म २० वटा स्टल बुकिङ भएको महोत्सव आयोजनक मूल समितिका संयोजक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष राजु खडकाले जानकारी दिए । महोत्सवमा नेपालका साथै भारत र रसियाका कलाकारले पनि भाग लिनेछन् । महोत्सवमा रसियन कलाकारको नृत्य अर्को प्रमुख आकर्षण हुनेछ । उनका अनुसार महोत्सवमा अन्तर विद्यालय नृत्य प्रतियोगिता समेत हुनेछ । उनले महोत्सवको तयारी पुरा भएको जनाए ।

स्थानीयदेखि सुदुरपश्चिम क्षेत्रसम्मका व्यवसायिक तथा कृषि उत्पादनका स्टलहरु रहेका छन् । अहिलेसम्म एक सय भन्दा धेरै स्टलहरु बुक भइसकेको खडकाले उल्लेख गरे । उनले भने– ‘प्रादेशिक महोत्सव भनिएपनि यो महोत्सव नेपालकै ठूलो र अन्तराष्ट्रिय बन्ने भएको छ, यहाँ भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंकालगायत देशहरुको सहभागिता रहने भएपछि यो अन्तराष्ट्रिय महोत्सव भन्न मिल्छ ।’

दमक ७ स्थित सयपत्री टोलको रतुवा खोला किनारमा फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा देशका विभिन्न प्रदेशहरुबाट पनि व्यवसायिक तथा कृषि उपजहरुको स्टल राख्नका लागि धमाधम बुकिङ भइरहेको उनको भनाई छ । ‘हामी एकदमै उत्साहित रुपमा महोत्सव व्यवस्थापनमा लागेका छौं । महोत्सवप्रति चौतर्फी जिज्ञासा र उत्साह देखिएको छ यसले हामीलाई थप हौसला मिलेको छ,’ उनले भने । महोत्सवमा स्टलहरु व्यवस्थापनका लागि डोमेन हेंगरमा सजाइनेछन् । महोत्सवमा यो अभ्यास दमकमा पहिलो पटक गर्न लागिएको साथै आधुनिक किसिमका खेल तमासाहरु पनि सञ्चालन हुनेछन् ।

महोत्सवको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्ने र सो दिन प्रवेश शुल्क नलाग्ने संयोजक खड्काले जानकारी दिए , महोत्सवमा कृषि, औद्योगिक तथा व्यापारिकका साथै विज्ञान प्रविधि, शैक्षिक एवं विभिन्न बिधाका एक सय ३० वटा बढी व्यवसायिक स्टलहरु रहने जनाइएको छ । स्टलमा दैनिक निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने संघका महोत्सव प्रचार प्रसार समिति संयोजक तुलसीराम तिम्सिनाले जानकारी दिए । अन्य दिनमा भने प्रवेश शुल्क १ सय रुपैयाँ लाग्नेछ । प्रवेश शुल्क वापत टिकटमा लक्की ड्र गरी आर्कषक उपहार प्रदान गरिने व्यवस्था गरिएको छ ।

महोत्सवस्थललाई घेराबारासँगै आकर्षक रुपमा सजाइएको छ । महोत्सवलाई सफल बनाउन गठित विभिन्न एक दर्जन बढी उपसमितिहरुले सक्रिय रुपमा काम गरिरहेको र महोत्सवमा ६ करोड बढीको कारोबार हुने अपेक्षा गरेको संघका अध्यक्ष देवीप्रसाद (गोपाल) गुरागाईंले जानकारी दिए । महोत्सव सञ्चालनबाट संघले प्राप्त गरेको सबै रकम दमक ८ मा निर्माणाधिन इलम प्रशिक्षण केन्द्र सञ्चालनमा उपयोग गरिनेछ ।
स्रोत : दमक आवाज

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved