अविन मेयाङ्गवो । फाल्गुन २ गते हायत होटेल अगाडी YIL को दुइ घण्टा प्रदर्शन हुने भएको छ । हयात होटलले गैरकानूनी रुपमा लिएको तारागाउँको १ सय ५० रोपनी जग्गा प्रकरण लाई लिएर आगमी फाल्गुन २ गते YIL ले दुइ घण्टा प्रदर्शन गर्ने भएको छ ।
सरकारी जग्गा हडप्न साम दाम दण्डभेद प्रयोग गर्ने दिनेश, सुरेश र अरुण सराफमाथी कारबाही हुनुपर्ने साथै उक्त जग्गा सरकारको नाममा फिर्ता हुनुपर्ने उनिहरुको माग रहेको छ।
उक्त १५० रोपनि जग्गा नेवारको र तामाङको भूमि भएको दाबी सहितको प्रदर्शन गरिने YIL को केन्द्रीय कमाण्ड मध्ये एक केन्द्रीय कमाण्ड ( खाङ्डो) ले बताउनु भयो।
त्यसैगरी विगत लामो समयदेखि गोप्यरुपमा प्रशिक्षित भएका YIL का कमाण्डमा भ्यालि विशेष ब्युरो, तामाङ राष्ट्रीय बाहिनी र नेवा राष्ट्रीय बाहिनी त्यहि दिन घोषणा हुने भएको समेत बताएका छन।
आफूहरु पार्टी प्यालेसमा आयोजना गरिने कार्यक्रमबाट हैरानी भएको भन्दै सडकबाट सङ्घर्ष सहित घोषणा गरिने अर्का कमाण्डर काङसोरेले बताएका छन ।
