काठमाडौं । शहरी विकास मन्त्रालयमा सचिव फेरिएका छन् । हालका सचिव सरजुकुमार वैद्यलाई प्रधानमन्त्री कार्यालयमा तानेर मणिराम गेलाल पठाइएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव वैद्यलाई प्रधानमन्त्री कार्यालय तान्ने निर्णय गरेको हो । सचिव गेलालले आज पत्र बुझेका छन् ।
गेलालले मंगलबार पत्र बुझेपछि मात्रै सचिव सरुवा भएको जानकारी सार्वजनिक भएको हो । गेलाल यसअघि पनि शहरी विकासमा सचिवको जिम्मेवारी सम्हालेका व्यक्ति हुन् ।
यसअघि मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागमा लामो समय महानिर्देशकको जिम्मेवारीमा समेत थिए । धरहरा पुननिर्माणका मन्त्रालय र महानगरबीचको विवाद चुलिएका बेला सचिव फेरिनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
