उर्लाबारीमा दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानको युवा दस्ता गठन
मोरङ । मोरङको उर्लाबारीमा दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियान को युवा दस्ता गठन भएको छ ।
राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ भन्ने मुल नाराका साथ प्रसाईले नेतृत्व गरेको उक्त अभियानको उर्लाबारी नगर संयोजकमा मेदनि प्र. शिवाकोटि चुनीएका छन् ।
नागरिक बचाउ अभियानका कोशि प्रदेश संयोजकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त समितिले तत्काल १४ सदस्यीय समिति बनाएको छ ।
संमितिको सह संयोजकमा राजन दाहाल रहेका छन् । प्रसाइ नेतृत्वको उक्त अभियानले हाल सहकारी तथा लघुवित्तबाट पिडित नागरिकका पक्षमा आवाज उठाउँदै आइरहेको छ ।
