डिकेन्द्र बस्नेत, झापा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी वा सहकार्य मार्फत ठूला आयोजना सञ्चालन गर्न सकिने बताउनु भएको छ ।
झापा इनर्जी लिमिटेड द्धारा उत्पादन गरिएको १० मेगावाट क्षमताको ग्रीडमा जडित सौर्य विधुत परियोजनाको उद्घाटन तथा पाँचौ वार्षिक साधारण सभाको उद्घाटनपछि बोल्दै पूर्वप्रधानमन्त्री ओलीले एकै जनासंग ठूलो पुँजी नहुन सक्छ । सबै मिलेर वा सहकारी मार्फत सहकार्य गरेर ठूला आयोजनाहरु सञ्चालन गर्न सकिने बताउनु भएको हो ।
झापाको शिवसताक्षी ४ स्थित बुलुचोकमा उत्पादन गरिएको १० मेगावाट क्षमताको ग्रीडमा जडित सौर्य विधुत परियोजनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले युवाहरुमा देखिएको जागिरे प्रवृति होइन आफै उधमी हुने प्रवृतिको विकास गर्नु पर्ने उहाँले बताउनु भयो। झापा इनर्जीका अध्यक्षका तथा संघीय सांसद एल.पी.साँवा लिम्वूले कोशीकै ठूलो आयोजना भएको बताउदै इमान्दार पूर्वक कर्म गर्ने हो भन्ने नेपाललाई बनाउन सकिने बताउनु भयो । यसलाई सौर्य पर्यटन क्षेत्र बनाउने पनि साँवाले बताउनु भयो ।
तर विहान देखि वेलुका सम्म चिया पसलमा बसेर नेपाल फलनाले विगारियो भन्ने टिकाटिपणी नगरौ केही हुन्छ लगानी गरौ अध्यक्ष लिम्वूले बताउनु भयो । पूर्वप्रधानमन्त्री ओलीले ल्याउनु भएको सुखी नेपाली समृद्ध नेपालको नारालाई साकार पार्न झापा इनर्जी लिमिटेडले जर्मेको गरेको बताउनु भयो ।
