Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमक नगरपालिकले गर्यो दमक ईसाई समाजसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम : ईसाई समाजद्वारा महत्त्वपूर्ण विषयहरुमा उचित सम्बोधन गर्न माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 5, 2024
609

डिकेन्द्र बस्नेत, झापा । दमक नगरपालिकाको आयोजनामा दमक नगर ईसाई समाजसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम नगरपालिकाको सभाहलमा सोमबार सम्पन्न भएको छ ।

सो भेलामा नगर प्रमुख राम थापा, उपमेयर रेगिना भट्टराई प्रसाईं, दमक नगर प्रशाकिय अधिकृत यज्ञराज निरौला, सामाजिक विकास शाखा प्रमुख केशव प्रसाईं, यस्तै समाजबाट अध्यक्ष पास्टर आकाश थुलुङ्ग राई, सचिव पास्टर अजय पाठक, कोषाध्यक्ष दिपेन्द्र नेम्वाङ,रेभ. एन.डि थुलुङ, पास्टर दावा शेर्पा, पास्टर अनिष अब्राहम, पास्टर किशोर सुनुवार लगाएत दमकभरि रहेका मण्डलीका प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।

अन्तरक्रिया मार्फत दमक नगर प्रमुख राम थापाले समाजमा रहेका सबै धर्मलाई हेर्ने दृस्ठिकोण एकसमान रहेको जिकिर गर्नु भयो। नगर विकासको योगदानको निम्ति सबै संघसंस्था उठेर लाग्नुपर्ने र हातेमालो गर्नुपर्ने बताउनुभएको छ । साथै सबै मण्डलीहरुको लागि शान्तिसुरक्षा र अन्य आवश्यक कुरामा नगरपालिकाले उचित सम्बोधन गर्ने बताउनु भयो ।

ईसाई समाजका अध्यक्ष आकाश थुर्लुङ राईले कार्यक्रममा
समाजले अहिलेसम्म के कस्तो कार्यहरु गर्यो भन्ने विषयमा उठान गर्नुभएको थियो । जस्तै रक्तदान कार्यक्रम, झापा जिल्लामै सबैभन्दा बढि रक्त संकलन, सरसफाइ कार्यक्रम, सचेतना कार्यक्रम, भैपरि आएका प्राकृतिक प्रकोपमा राहत वितरण तथा सहयोग, नगर विकासमा योगदान पुर्‍याएको कुरालाई अवगत गराउनुभएको थियो। आगामी दिनहरूमा पनि नगर विकासको निम्ति साझेदारी भएर दमक नगरपालिकासँग मिलेर सहकार्य गर्ने अध्यक्ष थुलुङले बताउनु भयो ।

यस्तै ईसाई समाज प्रशासनिक समन्वय समितिका संयोजक पास्टर राजकुमार नाछिरिङ राईले केही बुदागत रुपमा दमक नगर ईसाई समाजको महत्त्वपूर्ण विषयलाई उठान गर्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रम मार्फत केही महत्वपूर्ण तथा आवश्यकीय विषयहरु उचित सम्बोधन गरियोस भन्दै नगरपालिकालाई एक पत्रमार्फत दमक ईसाई समाजले माग गरेको छ।

दमक नगर प्रमुख राम थापा र उपमेयर रेगिना भट्टराई प्रसाईंलाई ईसाई समाजका अध्यक्ष पास्टर आकाश थुलुङ्ग राईले सो पत्र हस्तान्तरण गर्नुभएको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved