कृष्ण कुँवर। नेपाल पत्रकार महासंघ कतार शाखाको आठौं अधिवेशनबाट दील कुमार श्रेष्ठ सर्वसम्मत अध्यक्ष मा निर्वाचित भएका छन्।
नेपाली दूतावासको सभा हलमा शुक्रवार सम्पन्न अधिवेशनबाट आगामी ३ वर्षका लागि दील कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन भएको हो। कार्यसमितिको उपाध्यक्षमा अर्जुन पौडेल, सचिव दिलीप पराजुली, सहसचिव शारदा भुजेल, कोषाध्यक्ष कुमार अविरल रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा उद्भव बहादुर मगर, टेकराज थापा, सन्तोष केसी र सावित्रा शर्मा रहेका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता रहेको अधिवेशन महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मीयाँको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले विदेशमा बसेर नेपाली पत्रकारितामा गरेको योगदानको प्रशंसा गरेका थिए। उनले पत्रकारिताका न्यूनतम दायरा पुरा गरेर लेखन् कार्यलाई गति दिनुपर्ने आवश्यकता औल्याउँदै कतारले विकासमा मारेको फड्कोको बारेमा पनी लेख्न आग्रह गरे। अधिवेशनमा महासंघका केन्द्रीय सदस्यद्वय प्रदीप काफ्ले र ज्ञान प्रसाद पौडेल, नेपाली दूतावास कतारका नियोग उपप्रमुख कुमार राई, एन.आर.एन.ए., आइ.सी.सी., एन.सी.सी. कतार, वैचारिक संगठनका विभिन्न ओहोदाका व्यक्तित्वहरूको विशेष आतिथ्यतासहित शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष दिल श्रेष्ठले स्वागत मन्तव्य राखेको अधिवेशनलाई सचिव अर्जुन पौडेलले सहजिकरण गरेका थिए। दूतावासले हल उपलब्ध गराएको थियो।
महासंघ परिवार तथा कार्यकालको सफलताको शुभकामना दिनुहुने सम्पुर्ण कतारका अग्रज समाजिक अभियान्ता ज्युहरु संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु लगाएत सहयोग र शुभेक्षा दिनुहुने सम्पुर्ण शुभचिन्तक हरुमा धन्यवाद सहित हार्दिक आभार प्रकट गरेका छन् ।
श्रेष्ठले भनें- यहाँ सम्मको यात्रामा अभिभावकत्व प्रदान गर्दै नेपालबाट आउनु भएका नेपाल पत्रकार महासंघ नेपालका सभापति बिपुल पोखरेल केन्द्रिय सदस्य प्रदीप काफ्ले निवर्तमान अध्यक्ष करिमवक्स मिया दाजु प्रमुख सल्लाहकार तिर्थ संगम राई दाजु लगाएत सम्पुर्ण महासंघ परिवार प्रतिहार्दिक कृतज्ञता प्रकट गर्दछु ।
कतारको एक दशक लामो मेरो पत्रकारितामा मैले भोगेका सिकाई अनुभव र अग्रजहरुको सल्लाह सुझाव सम्पुर्ण कतारमा स्थापित संघसंस्थाहरुको सहकार्यगर्दै आएको र भबिस्यमा पनि नेपाली समाजमा नेपाल पत्रकार महासंघ कतारमा भएको अनुभुति हुने गरि काम गर्ने कोशिस सदैव रहने छ । नेपाल र नेपाली समाजको उत्तरदायित्व बोधका साथै सम्पुर्ण पञ्जिकृत सदस्यहरुलाई क्रियाशिल बनाउदै सत्यतथ्य समाचार र सुचना दिने प्रतिबद्धता व्यक्त गर्दछु ।
पर्बत थापाठानामा जन्मिएका दील कुमार श्रेष्ठले विगत दश बर्षदेखी कतारमा रहेर पत्रकारिता गरिरहेका छन्।
