हिमांशु राय, मोरङ । पथरी शनिश्चरे नगरपालिकाको उपप्रमुख देवीमाया काफ्लेले जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत पथरी शनिश्चरे वडा नं. ५ का अति विपन्नहरुलाई न्यानो कपडा, सिरक र चप्पल वितरण गर्नुभएको छ ।
आज वडा नं. ५ का १२ जना ऋषिदेव वस्तीका विपन्न बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । साथै सोही वस्तीमा चप्पल नभएकाहरुलाई उपप्रमुख काफ्लेले चप्पल वितरण गर्नुभएको छ ।
यस्तै सोही वडाका दुई परिवारलाई गणेश ऋषिदेव र सियानी ऋषिदेवलाई एक–एक थान सिरक वितरण गरिएको छ ।
