Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ठेकेदारको लापरवाही देखेपछि सांसद भगबती चौधरी फिल्डमै उत्रिए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 3, 2024
15 shares

अबिन मेन्याङ्बाे ,सुनसरी । रणनीतिक सडक निर्माणमा ठेकेदारको लापरवाही देखेपछि सांसद भगबती चौधरीले फिल्डमै उत्रिएर अनुगमन गरेकी छन् । गृहजिल्ला रहेकी चौधरीले सुनसरी क्षेत्र नं. ३ मा पर्ने रणनैतिक सडक निर्माणमा ठेकेदारले ढिलासुस्तीसँगै लापरवाही गरेको देखेपछि सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साहलाई फिल्डबाटै सडकको गुणस्तरीयता कायम गर्न निर्देशन दिएकी हुन् ।

रणनीतिक सडकको चतरा नहरबाट एकम्बा–चाँदबेला–औरावनी–छिटाहा–चिमडी देखि अमडुवासम्मको सडक खण्डको इनरुवा चाँदवेला क्षेत्रमा निरीक्षण गर्दा साइड ड्रेन निर्माणमा लापरवाही गरिएको, एकनासले ड्रेन निर्माण नगरेको तथा दैनिक धुलो, हिलोले स्थानीयबासी प्रताडित भएको पाएपछि सांसद चौधरीले लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्न कार्यालय प्रमुख साहलाई निर्देशन दिएकी हुन् ।

‘म अहिले चाँदबेला मै छु, काम त राम्रो भएको छैन । ठेकेदारलाई बोलाएर सोध्नुस, अनुगमन गर्नुस् ।’ चौधरीले सडक डिभिजन कार्यालयका प्रमुख साहलाई निर्देशन दिइन् ।

रणनीतिक सडकका लागि सांसद चौधरीले संघीय सरकारबाट बजेट विनियोजन गर्न ठूलै कसरत गरेकी थिइन् । गत आर्थिक वर्ष सांसद चौधरीकै प्रयासमा २० करोड रुपैंया विनियोजन भएको थियो भने, चालू आर्थिक वर्षका लागि १० करोड रुपैंया विनियोजन भएपनि सडक निर्माणको कामभने सुस्तगतीमा हुँदा स्थानीय आक्रान्त बनेका छन् ।

गत वर्षको फागुनदेखि बन्द रहेको सडक निर्माण कार्य केही दिन यता पुनः सूचारु भएपनि साईड ढलानमा लापरवाही र सुस्तगतीमा भइरहेको अनुगमनको क्रममा स्थानीयले सांसद चौधरीलाई जानकारी गराउँदै धुलो र हिलोले स्थानीयहरु सडकमा हिँड्नै नसक्ने अवस्था रहेको बताए ।

स्थानीय नेता कार्यकर्ता सहित क्षेत्रमा भइरहेका रणनीतिक सडक, पुल लगायत विकास निर्माणका कार्यहरुको अनुगमनमा रहेकी चौधरीले जनतालाई सास्ती नहुने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिइन् । सो क्रममा प्रमुखले सडक निर्माणमा ठेकेदारबाट भएका लापरवाहीमा आवश्यक अनुसन्धान गरेर कारवाही गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved