Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लागुऔषध प्रयोगकर्ता पार्टी, जाती र साथी भए पनि संरक्षण नगरौं दमक नगर प्रमुख थापा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 1, 2024
87

डिकेन्द्र बस्नेत, झापा । भुसको आगो झै फैलिएको लागु औषध दुब्यर्संन नियन्त्रणका लागि सरोकारवाला सबै पक्षले हातेमालो गर्नु पर्ने झापाको दमकमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

दमक नगरपालिकाले आयोजना गरेको लागु औषध दुब्र्यसन तथा सामाजिक कुरितीवारे समिक्षा बैठकका सहभागीहरुले शुरु–शुरुमा भुस भित्र सकिएको आगो जस्तो गरी फैलिएको दुर्ब्यसनका विरुद्ध पार्टी , जाती र साथी सबैले हातेमालो गर्नु पर्ने बताएका हुन् ।

दमक नगर पालिकाका प्रमुख राम थापाले समाजमा रहेको लागु औषध प्रयोगकर्ता, विकृति निराकरणका लागि समाजको सरोकारवाला सम्पूर्ण पक्षले आफनो पार्टीको मान्छे, जाती समुदाय र साथी भनेर संरक्षण नगरौ साथै यसलाई जरैवाट उखल्ने काममा सबै क्षेत्रको साथ चाहिने नगर प्रमुख थापाले बताउनुभयो ।

नगरपालिकाले कार्यक्रम लागु औषध नियन्त्रण सचेतना अभियान चलाएपछि दुब्र्यसनको कुलतमा फसेकाहरु २० जना लाई सुधार केन्द्र पठाएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा सहभागी पूर्व जुनियर प्रहरी अधिकृत मोहन वोगटीले यसको प्रभावकारी निराकरणका लागि सिमा नाकावाट नियन्त्रण गर्नु पर्ने सुझाव दिनु भयो । यसै गरी दमक ९का युवा युवराज कोइरालाले विधालय आसपासमा सुर्तीजन्य सामाग्री बेचविखान रोक लगाउन माग गर्दै औषधको लतमा परे नपरेको थाहा पाउन युवा,विधार्थीको गोप्य प्रशिक्षण गर्ने ब्यवस्था नगरपालिकाले गर्न आग्रह गर्नु भयो ।

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा सभापति प्रकाश बुढाथोकीले यस अभियानमा पूर्व दुब्यर्सनी साथीहरुलाई सहभागी गराउदै उनीहरुलाई पनि समितिमा थप गर्नु बताउनु भयो ।

सामाजिक अभियान्ता सुरेन्द्र कुमार श्रेष्ठ,राजकुमार दाहाल र युवा नेत्री विन्दु सिटौला लगायतले आ–आफनो धारण राखेका थिए । समिक्षा बैठकमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी मनोज कुमार लामाले लागु औषधको नियन्त्रण रोकथाम,सचेतना र उपचार अभियान चलाए पछि समुदायको सहयोगमा लागु औषध लगायतका मुद्धा ३८ जनालाई पक्राउ गरि मुद्धा चलाएको केहीलाई सुधार केन्द्र पठाएको बताउनु भयो ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र जिल्ला प्रहरी कायालय झापाका प्रहरी प्रमुख दुर्गा रेग्मी लगायतको धारण राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved