पीडित बराहपोखरी (क) को मावली हजुरआमालाई स्वास्थ्य जाँचको लागि स्वास्थ्य चौकी लिएर गएको बेला करारका कर्मचारी रहेका मगरले हजुरआमाको स्वास्थ्य अवस्थाका बारेमा सोध्ने बाहनामा एकान्त कोठामा लगेर जबरजस्ती करणी गरेको पीडितको दाबि रहेको छ ।
स्वास्थ्य चौकीबाट घर फर्काए लगत्तै हजुरमाको मृत्यु भएको र माघ ११ गते हजुरमाको काजकिरिया सकेपछि बराहपोखरी (क) उजुरीका लागि प्रहरीचौकी धर्तुङ पुगेकी थिइन् । जिल्ला प्रहरी कार्यालयमा गत पुस २९ गते १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछी घटनाको अनुसन्धानको सिलसिलामा आरोपित २२ वर्षीय सन्तोष मगरलाई माघ ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनु भएको छ ।
पिडक पक्राउ परेपछी उक्त घटनालाई गाउँमै मिलापत्र गराउन पीडक पक्षले बलात्कृत बालिकाको परिवारलाई पटकपटक दबाब दिने गरेको खुलासा भएको छ ।
पक्राउ परेका मगरलाई जिल्ला अदालत खोटाङ बाट दोस्रो पटक आज (बुधबार) सात दिनको म्याद थप गरेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
पिडक अहेव मगरले हजुरआमाको स्वास्थ्य अवस्थाका बारेमा सोध्ने बाहनामा एकान्त कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन् । “बिरामी हजुरआमालाई एउटा कोठामा छोडेर मलाई अर्को कोठामा लग्यो । हजुरआमाको स्वास्थ्य अवस्थाका बारेमा सोध्ने बाहनामा ढोका थुनेर जबरजस्ती लुगा खोलेर बलात्कार गर्यो ।
बाहिर हजुरआमासँग रहनुभएकी दिदीलाई बोलाउन खोज्दा मुख थुनिदियो”, उनले भनिन्, “आफूमाथि जबरजस्ती करणी भएको विषयमा कसैलाई भनेको खण्डमा ज्यान मार्ने धम्की दियो । मैले डराउँदै दिदीलाई सुनाए ।
हजुरआमाको स्वास्थ्य अवस्था कमजोर थियो । चौकीबाट घर फर्काएलगत्तै हजुरआमाको मृत्यु भयो । काजकिरियाको बन्दोबस्तीमा लाग्दा पीडक मगरविरुद्ध उजुरी दिन ढिलाइ भयो । माघ–११ गते हजुरआमाको काजकिरिया सकेपछि प्रहरीचौकी धर्तुङ पुगेर जाहेरी दिएकी थिएँ ।
धर्तुङमा जाहेरी दिएपछि ईलाका प्रहरी कार्यालय चिसापानी पठायो । त्यहाँ पनि हामी केही गर्न सक्दैनौँ भन्दै जिल्ला पठाएको । जिल्ला प्रहरीमा उजुरी लिएर गएको थाहा पाएपछि मिलापत्र गर्न पटकपटक दबाब आइरहेको छ ।” पिडितले सुनाइन् ।
आफूमाथि भएको जबरजस्ती बलात्कारको घटनालाई मिलापत्र गर्न माघ–५ गते गाउँ/समाजसमेत भेला भएको पीडित बालिकाले बताएकी छन् । “पीडक पक्षले बोलाएको भेलामा सहभागीले समेत घटनालाई गाउँमै मिलापत्र गर्नुपर्छ भन्दै दबाब दिइरहेको पिडितका आफन्तले बताएकाछन् ।
घटनाका बारेमा पीडकको बुबा र काकाले मिलापत्र गर्न पटकपटक घरैमा आएर दबाब दिने गरेको पीडित बालिकाले बताएकी छन् ।
