डिकेन्द्र बस्नेत, दमक। झापाको दमक स्थित दमक उधोग वाणिज्य संघले दमक महोत्सव २०८०आयोजना गर्ने भएको छ । दमक उधोग वाणिज्य संघले यही माघ २८ गतेदेखि फागुन १२ गते सम्म दमक महोत्सव आयोजना गर्ने भएको हो ।
दमक उधोग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी भई रहेको जानकारी दिएको छ । दमक ७ स्थित सयपत्री टोलको आधारभूत स्वास्थ्य केन्द्र रहेको क्षेत्रको खुल्ला मैदानमा हुने दमक महोत्सवको लागि मैदान सम्माउने,स्टल निर्माण लगायतका काम भइरहेको अध्यक्ष गोपाल गुरागाईले जानकारी दिनु भयो । महोत्सवमा १सय३५ वटा अटाउने डुम ह्रयागर स्टल निर्माण भइरहेको वाणिज्य संघले जनाएको छ ।
यस वर्ष पनि पाँचौं दमक महोत्सवमा प्रदेश स्तरीय औधोगिक ब्यापार,पर्यटन एवम् कृषि महोत्सव लगाइने वाणिज्य संघले जनाएको छ । पत्रकारको जिज्ञासामा महोत्सवमा ५ करोड सम्मको ब्यापारिक कारोवार र १ लाख दर्शक भित्र्याउने लक्ष्य रहेको अध्यक्ष गुरागाईले बताउनु भयो । मूल समिति सहित महोत्सव सम्पन्न गर्न डेढ दर्जन बढी उप समिति चयन गठन गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष राजु खड्काले जानकारी दिनु भयो । संस्थाका निर्वतमान अध्यक्ष तथा केन्द्रीय सदस्य गोकुल श्रेष्ठले दमकको पहिचान कायम गर्न महोत्सव सहयोगी हुने बताउनु भयो ।
अहिले सुस्त रहेको बजारलाई चलायमान गर्न पनि मेला महोत्सव अति आवश्यक रहेको श्रेष्ठको भनाइ रहेको छ । नेपाल मात्र नभएर छिमेकी मुलुकवाट पनि लोकप्रिय कलाकारहरु ल्याएर साँगीतिक प्रस्तुती दिने तयारी भइरहेको साँस्कृतिक कार्यक्रम संचालन उप समिति संयोजक ज्ञान नाथ पौडेलले बताउनु भयो । दमक महोत्सवको अनुमानित खर्च ९८ लाख रुपैया, अनुमानित आम्दानी १करोड ३लाख ५०हजार हुने अनुमान गरेको वाणिज्य संघ दमक द्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
ख्याति प्राप्त कलाकारहरुको दैनिक प्रस्तुती, अत्याधुनिक प्रविधि द्धारा वाल उधान तथा खेल तमासा, अटो मोवाइल प्रर्दशनी विक्री र प्रवेश टिकटमा उपहार लगायतका महोत्सवको मुख्य आर्कषण रहेको अध्यक्ष गुरागाईले बताउनु भयो ।
