आकाश मगर,हेटौंडा । नेपालि उखान कहि नभएको जात्रा हांडि गाउमा भनेजस्तै , कहि नभएको जात्रा मकवानपुर जिल्लाको भिमफेदि गाउपालिकामा भएकोछ। गाउपालिकाले वडा कार्यलयको रोहबरमा हरेक वडामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ६८-७५ को जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम राख्दा बर्ष ७५ भन्दा माथिको जेष्ठ नागरिकहरु भने अपमानित हुनु परेकोछ, गाउपालिका ७५ बर्ष उमेर समुहको लागि मात्र जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागिता गराउदा त्यो भन्दा माथि उमेर समुहको नागरिकहरु स्थानिय सरकारको लागि चाहिदा भाडो नचाहिदा ठांडो भएकोछ ।
स्थानिय समाजसेबि र राजनितिज्ञहरुले पालिकाको यो कदमको चर्को आलोचना गरेकोछ्। कात्रो ओढाएर घाटमा लाने बेलामा सम्मान गरेर के न्यानो कपडा दिनु आखिर अबको चुनाब सम्म बाच्ने हुनकि हैनन भन्ने खालको ब्यावहार स्थानिय सरकारले देखाएको आरोप लगाएकाछन। ब्यावहारिक रुपमा पनि ७५ भन्दा माथिका उमेर भएकाहरुलाई अझ सरकारले संरक्षण सम्मान र उनिहरुको सुरक्षा गर्नु पर्नेमा उपेक्षा गरेकाछन ।
६८-७५ बर्ष उमेर समुहका जेष्ठनागरिकलाई सम्मन गरेर त्यो माथिको उमेर समुहको जेष्ठ नागरिकलाई ध्यान नदिनुले पालिकाको ठुलो राजनितिक स्वार्थ र अपरिपक्कता देखिएकोछ, अझ वडा अधक्ष्यहरु र कार्यपालिकाको सदस्यहरुले समेत बिभेदकारि निर्णयमा सहमति जनाउनुले पालिकामा दर्शनहिन सरकार र नेतृत्वको नाङ्गोपनलाई उजागर गरेकोछ ।
