Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चार सहिदको सम्झनामा सहिद दिवस,अरु त सहिद नै होइनन्? डि बि मुखिया किराती

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 29, 2024
78 shares

सहिद दिवसको चर्चा हुदै गर्दा सहिदको मर्म र दर्शनको बारे पनि चर्चा गर्नु उपयुक्त होला।बर्तमान समयमा सहिद भन्ने शब्द र मर्मलाइ हलुको प्रकारले सोच्ने गरिएकोछ।कुनै उदेश्य बिनाको ब्यक्ती,आपनो स्वार्थ पुराको लागी यात्रा गर्ने क्रममा गाडीले ठोकिएर मृत्यु भयो भने पनि सहिद घोषणा गर्नु पर्ने अरे अनि मनग्गे रकम पनि दिनु पर्ने अरे।कुनै पनि दर्शन नभएको अनि आपनो स्वार्थको लागी यात्रा गर्ने क्रममा गाडीले ठोकिएर मृत्यु भएको ब्यक्तिलाइ सहिद भन्न मिल्दैन अनि सहिद भन्ने शब्द र मर्मलाइ रुपिया पैसासग बेचबिखन गर्न पनि मिल्दैन।

हुन सक्ला वास्तविक सहिदको परिवारलाई राज्यले साथ दिनु अर्को कुरा होला तर बिना दर्शनको ब्यक्ती दुर्घटनामा परि मृत्यु हुदैमा सहिद घोषणा गर्नु र सहिद भन्ने शब्द र मर्मलाइ रुपिया पैसासग साटफेर गर्नु चाही बास्तबिक सहिदहरुको अपमान हो।अनि बिडम्बना यो पनि छ कि,हाल बिशेष गरि राणा शासन विरुद्ध लडदै गर्दा राणाहरुबाट मारिएका चार जना ब्यक्तिहरुलाइलाई मात्र सहिद भन्ने गरिएकोछ।राणाहरु विरुद्ध लडदै गर्दा मारिएका चार जना ब्यक्तिहरुलाइ मात्र सहिद भन्ने हो भने चार सहिद भन्दा अगाडी मारिएका राणा शासन बिरोधीहरुलाइ चाही सम्झेको खोइ त?खोइ त वास्तविक सहिदको मर्म?
🇳🇵सहिद भनेको के हो त?:-

आपनो देस,राष्ट्र र राष्ट्रिय अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिको दर्शनलाई लिएर अगाडी बढदै गर्दा पुरातनबादी ब्यक्तिहरुबाट मारिएका ब्यक्तिलाइ सहिद भन्न सकिन्छ।सहिद त्यो ब्यक्ती हो,जसले आपनो स्वार्थको लागी नभएर राष्ट्र र देसको भलाइ गर्नका लागी अगाडी बढदै गर्दा मर्न पनि तयार भएको ब्यक्ती हो।सहिद त्यो ब्यक्ती हो,जसले देस र जनतालाइ प्रेम र भलाइ गर्दा गर्दै पनि आफू देस र जनताको भलाइको लागी मर्न पनि तयार भएको ब्यक्ती हो।बिडम्बना यो पो हुन थाल्यो कि,कुनै दर्शन नभएका,आपनो स्वार्थ पूरा गर्नका लागी मात्र रातदिन नभनी डुलिहिडने ब्यक्तिको दुर्घटनाबाट असामयिक निधन हुदा सहिद घोषणा गर्नु पर्ने अरे।

🇳🇵चार सहिद भन्दा अगाडीको दुई सहिद बारे चर्चा:- माघ १६ गते चार सहिदको सम्झनामा सहिद दिवस मनाउदै गर्दा चार सहिद भन्दा अगाडी सहिद भएका दुई सहिदहरुलाइ पनि भुल्नु हुदैन भन्ने मेरो मुल्यमान्यता हो।को थिए त यी दुई सहिद?

सहिद लखन थापा मगर:- साह वंशिय राजाहरुको सासनलाइ खोपिमा सिमित पार्दै कार्यकारी जहानिया एकतन्त्रीय कुलिनतन्त्रात्मक सासनको सुरुवात गर्ने ब्यक्ती नै जंग बहादुर राणा हुन।तत्कालीन जोइटिङग्रे राजा राजेन्द्रलाइ भारत तिर भाग्न बाध्य पार्दै तत्कालीन समयको अर्ध पागल बालक युबराज सुरेन्द्रलाइ बेबिकिङ घोषणा गर्दै बिक्रम सम्बत १९०३ साल असोज ३ गतेका दिन देखि जंग बहादुर राणा कार्यकारी र सक्तिसाली प्रहिलो राणा प्रधानमन्त्रीको रुपमा स्थापित हुन पुगे।स्मरण रहोस कि,तत्कालीन समयका बाघ सासक मानिएका जंग बहादुर राणाको शासन प्रती असन्तुष्ट जनाउदै आवाज उठाउने सहास गर्ने ब्यक्ती हुन पहिलो सहिद लखन थापा मगर।बिक्रम सम्बत १८९१ सालमा गोर्खा जिल्लामा अवस्थित बुङकोट गाउमा जन्मनु भएका क्याप्टेन लखन थापा मगरले सैनिक बिद्रोह देखि जनबिद्रोह समेत गराइ जंग बहादुर राणाको सासनलाइ पतन गराउने सहास गरेका थिए।जब आर्मी क्याप्टेन लखन थापा मगरले सैनिक बिद्रोह देखि जन बिद्रोह सम्म गराइ जंग बहादुर राणाको सासनलाइ पतन गराउने भुमिका खेले तब सुराकी मार्फत जंग बहादुर राणाले लखन थापा मगरको बिद्रोह बारे थाहा पाए पस्चात जंग बहादुर राणाको आदेसमा लखन थापा मगर पक्राउ परेसगै जंग बहादुर राणाकै आदेसमा बिक्रम सम्बत १९३३ साल फागुन २ गतेका दिन बर्तमा गोर्खा जिल्लामा अवस्थित मनकामना मन्दिर अगाडिको रुखमा झुण्ड्याइ फासी दिएर हत्या गर्ने काम भएको थियो।स्मरण रहोस कि,जंग बहादुर राणाको आदेसमा जुन दिन लखन थापा मगरलाई फासी दिएर हत्या गर्ने काम सम्पन्न भयो त्यही दिन नै जंग बहादुर राणाको पनि सर्लाही जिल्लामा अवस्थित पत्थरघट्टा भन्ने ठाउमा सिकार खेल्न जाने क्रममा सेतो लिडे माघको आक्रमणमा परि मृत्यु भयो भनिएकोछ इतिहासमा।जंग बहादुर राणाको आदेसमा लखन थापालाइ फाँसी दिएर हत्या गर्ने दिन नै सिकार खेल्न जाने क्रममा सेतो लिडे बाघको आक्रमणमा परि जंग बहादुरको मृत्यु हुनु भनेको अझै पनि रहस्यमय नै छ।जंग बहादुर राणाको आदेसमा लखन थापा मगर पक्राउ परेसगै जंग बहादुर राणाकै आदेसमा लखन थापा मगर फासी जानू भन्दा अगाडी लखन थापाले जंग बहादुर राणा विरुद्ध दुई वटा भबिस्यबाणी बोलेका थिए।लखन थापा मगरले आफू फासी जानू भन्दा अगाडी जंग बहादुर विरुद्ध बोलेको दुई भबिस्यबाणी यसप्रकार छन।

“मैले मनकामना देबिको सक्तिले जङगेलाइ मार्दैछु। म फासी जाने दिन जङगे पनि म सगै सति जानेछ।”

स्मरण रहोस कि,जंग बहादुर राणाको आदेसमा जुन दिन लखन थापा मगरलाइ गोर्खा जिल्लामा अवस्थित मनकामना मन्दिर अगाडीको रुखमा फासी दिएर हत्या गरियो उहि दिन नै जंग बहादुर राणाको पनि सेतो लिडे बाघ आक्रमणमा परि लखन थापा मगरले बोलेको भबिस्यबाणी जस्तै गरि मृत्यु भएको कुरा इतिहासबाट पत्ता लागेकोछ।अब यहाहरुले नै बिचार गर्नुहोस कि,हिमाली क्षेत्रमा पाइने सेतो बाघ तराइमा सेतो बाघ हुन्छ कि हुदैन होला?सेतो लिडे बाघले कसलाइ संकेत गर्छ होला?जंग बहादुर राणाको आदेसमा लखन थापालाइ फासीको सजाय हुनु भन्दा अगाडी लखन थापा मगरले बोलेको दुई भबिस्यबाणीको यथार्थ अर्थ के होला?जंग बहादुर राणा त्यत्रो दलबलका साथ सिकार खेल्न जादा पनि जंग बहादुर राणालाइ नै छानेर सेतो लिडे बाघले आक्रमण गर्नुको रहस्य के होला?यी र यस्ता प्रस्नहरु रहस्यकै गर्भमा सिमित छन।यो कुरा चाही स्पष्ट हो कि लखन थापा मगरले नै जंग बहादुर राणाको सासनको अन्त गराएको भने पक्कै हो है।एक जना मगरको छोराले बाघ सासक मानिएका जंग बहादुर राणालाइ ठेगान लगाइ छाडे।

कृष्णलाल अधिकारी:-कृष्णलाल अधिकारीको जन्म बिक्रम सम्बत १९४४ साल माघ १४ गतेका दिन रामेछाप जिल्लामा अवस्थित कठजोर तिल्पुङ गाउमा भएको हो।कृष्णलाल अधिकारी तत्कालीन अड्डामा जागिररत सुब्बा हुन र कृष्णलाल अधिकारी नेपालको पहिलो साहित्यिक सहिद हुन।कृष्णलाल अधिकारी राणा शासन बिरोधी र प्रजातान्त्रिक सासनको प्रेमि ब्यक्ती भएकै कारण उनले तत्कालीन समयमा मकैको खेती नामक पुस्तक लेखेर तत्कालीन क्रुर सामन्ती सासक र भ्रष्टाचारी बिभेदकारी राणा प्रधानमन्त्री चन्द्र शमशेर राणाको शासन विरुद्ध आवाज उठाउने सहास गरेका थिए।सुब्बा कृष्णलाल अधिकारीले मकैको खेती नामक पुस्तक बिक्रम सम्बत १९७६ सालमा लेख्न सुरु गरेर बिक्रम सम्बत १९७७ सालमा पूरा गरेका थिए र उक्त पुस्तक ६० पृष्ठको थियो र सहि पुस्तक तत्कालीन समयमा हजार प्रती छापिएको थियो।सुब्बा कृष्णलाल अधिकारीले मकैको खेती नामक पुस्तकमा मकैको खेती र स्वदेसी कुकुर अनि बिदेसी कुकुरको चर्चा गरेका थिए।सुब्बा कृष्णलाई अधिकारीले मकैको खेती नामक पुस्तक राखेको छोटो हरफ यस्तो छ,हामी स्वदेसी कुकुरलाइ भन्दा बढी बिदेसी कुकुरलाइ बढी माया गर्दछौ तर चोर र डाकाहरुबाट बचाउन र घरको रक्षा गर्नका लागी त बिदेसी कुकुर भन्दा स्वदेसी कुकुर नै काम लाग्छ भनेका थिए।सुब्बा कृष्णलाल अधिकारीले मकैको खेती नामक पुस्तकमा उल्लेख गरेको स्वदेसी र बिदेसी कुकुरको अर्थ ब्रीटिस सरकार र राणा सासनको बिरोध गरेको भन्ठानेर तत्कालीन समयका क्रुर र भ्रष्टाचारी बिभेदकारी राणा प्रधानमन्त्री चन्द्र शमशेर राणाले सुब्बा कृष्णलाल अधिकारीलाई बिक्रम सम्बत १९७७ साल साउन ११ गतेका दिन पक्राउ गरि भद्रगोल जेलमा कोचिदिए र भद्रगोल जेलमै बिक्रम सम्बत १९८० सालमा कृष्णलाल अधिकारीको मृत्यु भयो।तत्कालीन समयका भ्रष्ट बिभेदकारी राणा प्रधानमन्त्री चन्द्र शमशेर राणाले सुब्बा कृष्णलाई अधिकारीलाई ९ बर्षको जेल सजाय तोकिदिए त पनि जेलको यातना सहन नसकी जेलमा कोचिएको ३ बर्षमै कृष्णलाल अधिकारीको मृत्यु भयो।

चार सहिद बारे छोटो चर्चा:- माघ १६ गते चार सहिदको सम्झनामा सहिद दिवस मनाउदै गर्दा चार चार जना ब्यक्ती कसरी सहिद भए भन्ने बारे छोटो चर्चा गर्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्यो।कुरा बिक्रम सम्बत १९९३ साल जेठ २२ गतेको हो,तत्कालीन समयमा टङक प्रसाद आचार्यको अध्यक्षतामा पहिलो राजनीतिक पार्टी प्रजापरिषद पार्टीको स्थापना भयो।जब प्रजापरिषद पार्टीको स्थापना भयो तब भित्री रुपमा तत्कालीन समयको राजा त्रिभुवन सहायता द्वारा प्रजापरिषद सक्रियतामा राणा बिरोधि कार्यक्रमहरु हुँदै गएसगै बिक्रम सम्बत १९९७ साल प्रजापरिषद पार्टीले राणा बिरोधि पर्चा पस्चात प्रजापरिषद पार्टिका ७ जना सदस्यहरु पक्राउ परे।तत्कालीन समयमा पक्राउ परेका प्रजापरिषद पार्टीका ७ सदस्यहरु यसप्रकार छन,टङक प्रसाद आचार्य,रामहरी शर्मा,जिबराज शर्मा,धर्मभक्त माथेम,दसरथ चन्द ठाकुर,सुक्रराज सास्त्री जोसी,गङ्गालाल श्रेष्ठ थिए।ती पक्राउ परेका प्रजापरिषद पार्टीका ७ जना सदस्यहरु मध्य क्रमश टङक प्रसाद आचार्य,सिबराज शर्मा र जिबराज शर्मा तीन जना चाही बाहुन थरका ब्यक्तिहरु भएको कारण फासीको सजाय भएन अरु चार जना क्रमश सुक्रराज सास्त्री,धर्मभक्त माथेम,दसरथ चन्द ठाकुर र गङगालाल श्रेष्ठलाइ भने फासीको सजाय भएको थियो।स्मरण रहोस कि तत्कालीन समयमा बाहुनहरुबाट राणाहरुले स्वस्ती लिने गरेको कारण यदि बाहुनको हत्या गरियो भने राणा सासनको अन्त चाडै हुन्छ भन्ने सोचाइ भएकै कारण राणाहरुले बाहुन थरका ब्यक्तिहरुलाइ भने हत्या गर्दैन थिए।स्मरण रहोस कि पक्राउ परेका पक्राउ परेका ७ जना मध्य चार जना गैयर बाहुन ब्यक्तिहरुलाइ भने तत्कालीन क्रुर र भ्रष्टाचारी सामन्ती सासक राणा प्रधानमन्त्री जुध्द शमशेर राणाको आदेसमा तत्कालीन राणा सेनापती नर शमशेर राणाको नेतृत्वमा हत्या गर्ने काम भयो।बिक्रम सम्बत १९९७ साल माघ १० गते राती १२ बजे राती काठमाडौको टेकुमा अवस्थित खरिबोटमा झुण्डयाइ सुक्रराज सास्त्रीको हत्या गरिएको थियो भने बिक्रम सम्बत १९९७ साल माघ १३ गतेका दिन काठमाडौमा अवस्थित पसुपतिनाथ क्षेत्र नजिकैको सिफल भन्ने ठाउको जंगलमा लगेर धर्मभक्त माथेमलाई रुखमा झुण्डयाइ हत्या गरिएको थियो।त्यसैगरि बिक्रम सम्बत १९९७ साल माघ १५ गतेका दिन काठमाडौमा अवस्थित सोभाभगवती दसरथ चन्द ठाकुरलाइ गोलि हानेर हत्या गरिएको थियो भने सोही दिन सोही ठाउमा कान्छो सहिद गङ्गालाल श्रेष्ठको पनि गोलि हानी हत्या गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved