Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अन्तरजातीय प्रेम सम्बन्धका कारण हत्या गरिएको अजितकाे न्यायका लागि संघर्षकाे कार्यक्रम सार्बजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 23, 2024
15 shares

काठमाडौं । अन्तर जातिय प्रेम सम्बन्धका कारण ८ वर्ष अघि हत्या गरिएका काभ्रेका अजित मिजारको न्यायकको लागि विभिन्न दलित संगठनहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षका कार्यक्रम सार्बजनिक गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि उनिहरुले अजितिले न्याय नपाए हदैसम्मको संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् ।

पत्रकार सम्मेलनमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले वर्तमान व्यवस्थाका लागि ठूलो बलिदान गर्ने दलित समुदायले अझै पनि अमानविय ब्यवहार झेल्नु दुःखत भएको बताए । संयोजक नेपालीले सोति घटनाका दोषीहरुले सजाय पाउनु उदाहरणिय भए पनि एथेस्ट प्रमाण हुँदा पनि अजित मिजारका हत्याराहरुले उन्मुक्ति पाउनुले आक्रोषित तुल्याएको बताए । ८ वर्षदेखि शिक्षण अस्पतालमा मिजारको शव रहँदासम्म पनि राज्य सम्यन्त्र र न्यायलयले दोषिलाई छाडेको आरोप लगाउँदै भने,“पीडितको गैर न्यायीक हत्या भएको भनेर एथेस्ट प्रमाण हुँदाहुँदै पनि प्रहरी,प्रशासन,अस्पताल र अदालतलेसम्म पनि हत्यारा जोगाउन लागेको छ, जुन हामीलाई सैय छैन ।”

जात व्यवस्था उन्मुलन मोर्चा नेपालकी अध्यक्ष मण्डल सदस्य शान्ति गजमेरले कथित उचनिचको जात व्यवस्थाको कारण मृतक मिजार जस्ता युवायुवतिले ज्यान गुमाउनु दुःखत भएको धारणा राखिन् । राज्य सत्तामा पीडितको पहुँच नहुँदा सकभर न्याय नपाउने पाए पनि वर्षौं लाग्ने गरेको बताउँदै गजमेरले भनिन् “८ वर्षदेखि मिजारको शव टिचिङ अस्पतालमा छ, मुद्दा सर्बोच्च अदालतमा पुगेको छ, पीडितले न्याय र दोषिहरुलाई हदैसम्मको कारबाही हुनुपर्छ ।” अब पनि न्याय नपाए हामी जस्तोसुकै संघर्षको लागि पनि तयार छौं, गजमेरले थपिन् ।

नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र कुमार छुटुन्जेलले २१औं शताब्धिमा पनि दलित समुदायले अमानविय व्यवहार भोगिरहने र राज्य सम्यन्त्र अपराधीहरुकै पक्षमा रहनु मिजार हत्या काण्ड एक उदाहरण भएको बताए ।

संयुक्त दलित अधिकार मञ्च नेपालका नेता सुजन सह संकरले अड्डा, अदालत, प्रहरी प्रशासन कतै पनि दलितको पहुँछ नहुँदा मिजार जस्ता पीडितले न्याय नपाएको बताउँदै प्रश्न गरे,“हे सरकार परिवर्तनका लागि हाम्रो ठूलो त्याग र योगदान, तर पनि समाजबाट जनावरको व्यवहार कहिलेसम्म ?”

अजित मिजारको न्यायका लागि उनिहरुले माघ २५ गतेभित्र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र ३० गते प्रदर्शन गर्ने जनाउँदै त्यसपछि पनि पीडित र परिवार ले न्याय नपाए कडा आन्दोलनमा उत्रने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved