काठमाडौं। सशस्त्र प्रहरी दिवसकाे अवसरमा लोमस फार्मास्युटिकल्सका निर्देशक प्रणव जंग पाण्डे सम्मानित भएका छन् । सशस्त्र प्रहरीले सम्पादन गर्ने जिम्मेवारीहरू पूरा गर्न विभिन्न तवरले सहयोग, समन्वय र सहकार्य गरेको भन्दै उनलाई सशस्त्र प्रहरी बलले आफ्नो २३औं स्थापना दिवसको अवसरमा सम्मान गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा निर्देशक पाण्डेलाई प्रदान गरिएको कदर पत्रमा ‘सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गर्ने जिम्मेवारीहरू पुरा गर्न विभिन्न तवरले सहयोग, समन्वय र सहकार्य गरि संगठनको कार्यसम्पादनलाई प्रभावकारी बनाउन तपाईं र तपाईंको संस्थाले पुऱ्याएको योगदानको उच्च कदर स्वरूप ‘२३औं सशस्त्र प्रहरी दिवस–२०८०’ वार्षिकोत्सवको अवसरमा तपाईलाई यो कदर–पत्र प्रदान गरिएको छ , भनिएको छ ।
लोमस फार्मास्युटिकल्स निर्देशक पाण्डे शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सेवामा क्रियाशील छन् ।
