Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पाँचथरकाे याङवरक विद्यालयका १२० विध्यार्थीलाई दमक ईसाई समाजद्वारा न्यानो कपडा वितरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 22, 2024
522

डिकेन्द्र बस्नेत, झापा । दमक नगर ईसाई समाजले पाँचथरको दुर्गम क्षेत्र याङवरक गाउँपालिकाको वडा नं २ का विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । दमक नगर ईसाई समाजले आज (सोमबार) याङवरक–२ सेपी स्थित सूर्योदय आधारभूत विद्यालयमा एक कार्यक्रमबीच पाँच वटा विद्यालयका कक्षा–१ देखि कक्षा–५ मा अध्ययनरत १२० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

पाँचथर याङवरक–२ सेपी घर भई हालः झापाको दमकमा व्यवसायसंगै सामाजिक सेवामा सक्रिय रहनु भएका पाष्टर डिके बेघा लिम्बू र याङवरक–२ सेपीमा राजनीतिक तथा सामाजिक सेवामा सक्रिय रहनु भएका वडा सदस्य तेजु दुमी राईको पहलमा सो सामाग्रीहरु वितरण गरिएको दमक नगर ईसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिनुभयो ।

समाजका अध्यक्ष पाष्टर राईका अनुसार याङवरक –२ का नारायणी माध्यमिक विद्यालय, सूर्वोदय आधारभूत विद्यालय, सूर्य प्रभात आधारभूत विद्यालय, तिम्बुपोखरी वर्मे आधारभूत विद्यालय र चिङमा आधारभूत विद्यालयमा कक्षा–१ देखि ५ सम्म अध्ययनरत १२० जना विद्यार्थीहरुलाई ट्रयाकसुट (न्यानो) कपडा वितरण गरिएको हो ।

सो सामाग्री वितरणमा दमक नगर ईसाई समाज र कर्नर स्टोन फाउण्डेसनको संयुक्त आयोजनामा दमकबाट याङवरकसम्म पुर्याएर त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिएको पाष्टर राईले जानकारी दिनुभयो ।

‘बालबालिकाको स्वास्थ्य र शिक्षामा लगानी, हाम्रो समाज र राष्ट्रको सुनौलो विहानी’ भन्ने उद्घोषसहित कपडा वितरण कार्यक्रम आयोजना गरिएको हो । न्यानो कपडा वितरण कार्यक्रम संयोजक समेत रहनुभएका दमकका शैक्षिक व्यक्तित्व पाष्टर युवराज गजमेर, दमक नगर ईसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राई, पाष्टर डिके बेघा, याङवरक–२ का वडा सदस्य तेजु दुमी राईले कार्यक्रममा आ–आफ्ना बिचारहरु राख्नुभएको थियो ।

सो कार्यक्रममा सेपीस्थित सूर्योदय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलमाया बेघा, प्रधानध्यापक प्रसाद बेघा, सामाजिका संघसंस्था, राजनीतिक पार्टीका प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक–शिक्षिकाहरु, अभिभावकहरु र विद्यार्थीहरुको  उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved