डिकेन्द्र बस्नेत, झापा । अहिले भर्खरै दमक मुख्य चौकमा हात्ति आएको छ । अहिले बिहान करिब साढे ४ बजे तिर दमकको उत्तरी क्षेत्रबाट आएको एउटा हात्ति दमकको मुख्य बजार हुँदै थाना लाईन अगाडी आएको थियो ।
मानिसहरुले खेदाउँदै ल्याएको हात्ति बजार बाट दक्षिण झरेर ईलाका प्रहरी कार्यलय दमकमा प्रवेस गर्न खोजेको थियो ।
ईलाका प्रहरी कार्यालय दमक सहित स्थानियको टोलीले हात्तिलाई धपाएका छन् । अहिले दमकको मुख्य चौक हुँदै किरात चौकबाट दक्षिण लागेको छ ।
ईलाका प्रहरी कार्यालय दमकको टोलीले मानिसहरुलाई बाटोबाट खालि गराई उत्तरको जंगल क्षेत्र तर्फ धपाउने प्रयास गरिरहेको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।
