डिकेन्द्र बस्नेत, झापा । सुन्दर समाज नेपालले आफ्नो कार्यालय दमक ५ स्थित लक्की इन्टेरियर डेकुरेट भएको भवनको दोस्रो तल्लामा कार्यालयको उद्धघाटन गरेको छ ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले कार्यालयको रिबीन काटेर उद्धघाटन गर्नु भएको छ । केही समय यता दमकका सकृय महिलाहरुले सञ्चालन गर्दै आएको सुन्दर समाजले महिला, बालबालिका, उत्पीडन तथा समस्यामा परेका समुदायमा बिभिन्न परोपकारी काम गर्दै आएको छ ।
‘जहाँ समस्या त्यहा सुन्दर समाज’ भन्ने ‘स्लोगन’ बनाएर समाज अघी बढिरहेको यसको सस्थापक संयोजक रुपा सेलिङ राईले जानकारी दिनु भयो ।
समाजमा देखिएका अन्य विभिन्न बिकृती र बिसङ्गतीका विरुद्धमा पनि अव समाजले कार्यक्रमहरु गर्ने र नाम जस्तै सुन्दर समाज निर्माण अभियानमा आफुहरु जुट्ने प्रतिवद्धता वर्तमान अध्यक्ष बिन्दु सिटौला लक्कीले गर्नु भयो ।
समाज रुपान्तरणमा यहाँ रहेका बिभिन्न अंगहरुको उत्तीकै उपस्थिती र सकृयता आवश्यक पर्ने भएकोेले सुन्दर समाज नेपाललाई आफ्नो उद्धेस्य पुरा गर्न नगरकी उप प्रमुख भट्टराईले शुभकामना व्यक्त गर्नु भयो । समस्या परेका ठाउँमा दिगो समाधानका लागि सहकार्य गर्न दमक नगरपालिका सँधै तयार रहेको पनि उहाँले कार्यक्रमका क्रममा बताउनु भयो ।
सोही कार्यक्रममा सामाजीक अगुवा दुर्गा खनाल (काफ्ले)लाई समाजले सम्मान समेत गरेको छ। काफ्लेले विपन्न बालबालिकाको शैक्षिक स्तर बृद्ध गर्न गरिरहेका कामको उच्च कदर गर्दै उहाँलाई दोसल्ला उडाई सम्मान पत्रद्धारा सम्मान गरिएको अध्यक्ष सिटौलाले जानकारी दिनु भयो ।
दमक नगरकी उप प्रमुख भट्टराई, समाजकी अध्यक्ष सिटौला सहित अन्य पदाधिकारीले दोसल्ला ओडाई सम्मान पत्रद्धारा सम्मान गरेका हुन ।

