डिकेन्द्र बस्नेत, झापा । बडि अफ क्राइस्ट मिनिस्ट्रिको शनिबार बसेको बोर्ड कमिटीले मिनिस्ट्रिको अध्यक्षमा पास्टर प्रकाश सुन्दाशलाई सर्वसम्मतिले चयन गरेको छ।
पास्टर दिपक दर्जिको अध्यक्षतामा बसेको बैठकमा पुरानो समिति विगठन गरि नयाँ समिति गठन भएको हो । नयाँ कार्यकालको समितिको उपाध्यक्षमा पास्टर थोमस भुजेल, सचिवमा पास्टर दिपक दर्जि, कोषाध्यक्षमा पास्टर दानियल तामाङ चयन भएका छन।
मिनिस्ट्रिको सल्लाहकार समितिको संयोजकमा पास्टर विकाश तामाङ, पास्टर अजिव दर्जि, पास्टर डिकेन्द्र बस्नेत, पास्टर राकेश सुन्दाश र सह-संस्थापक डिकन पत्रुश तामाङ चयन भएका हुन।
सो समितिले २०२४ मा सिलिगुडी स्थित चिया बगानमा काम गर्ने मजदुरहरुको नानीहरू बिच सुसमाचारिय कार्य अन्तर्गत येशुको प्रेम स्वरूप राहत वितरण गर्ने, महिनाको पन्ध्र/ पन्ध्र दिन जुम फेलोशिप गर्ने, साथै आवश्यकता अनुसार आत्मिक तथा शारीरिक हितको लागि कार्यक्रम गरिने मिनिस्ट्रिका नवगठित अध्यक्ष पास्टर प्रकाश सुन्दाशले बताएका छन।
