आकाश मगर, उदयपुर। पुर्ब परराष्ट्र मन्त्री तथा नेपालि काङ्ग्रेसका नेता माननिय डाक्टर नारयण खड्काको पहलकदमिमा श्रीमाबि कालिखोला उदयपुर त्रीनपा ७ मा न्यानो कपडा बितरण गरिएकाे छ।
जाडो निकै बढिरहेकोबेला माननिय खड्काले शिसु कक्षा देखि ५ कक्षा सम्म १२५ जना बिधार्थिलाई न्यानो कपडा बितरण गरेका हुन। भने,अन्य बिधार्थिलाई समेत न्यानो कपडा बाड्ने सोचका साथ इच्छुक दाताहरु खोजिरहेको प्रद्यानाध्यापक बिपिन कार्किले बताए ।
माबि कालिखोलामा कार्किले नेतृत्वको जिम्मा सम्हाले देखि बिधालयले रुपान्तरणको बाटो समाईरहेकोछ । बिधालयलाई आवस्यक धेरै कुराहरु स्वैछिक दाताहरुबाट दान लिएर बिधायमा अभाबहरु कम गरिरहेकोछन।
कहिले जुत्ता, बिधार्थिको लागि पंखा, साना नानिहरुको लागि ओछ्याउने मेट्रीक्सहरुको प्रबन्धहरु यस अधिनै गरिसकेका थिए। बिधालयलाई बिभिन्न आर्थिक, भौतिक र शैक्षिक क्षेत्रमा स्वयम सेवकको रुपमा सहयोग गर्न चाहानेहरुलाई कार्किले सहर्स स्विकार गरेका छन्।
