डिकेन्द्र बस्नेत। पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले भाषा, लिपी, संस्कृति जिवन्त रहे मात्र मानिस जिवित रहन सक्ने कुरा बताउनु भएको छ ।
आइतबार नेपाल मगर संघ पथरी शनिश्चरे नगर कमिटीले माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०१८ पर्व को अवसरमा शुभकामना आदान प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि रहेका तुम्वापोले सो कुरा बताउनु भएको हो ।
वडा नं. १ को मगर संघको प्राङ्गणमा भएको साँस्कृतिक कार्यक्रम सहित माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०५१ भव्यताका साथ मनाइएको हो ।
सो कार्यक्रममा गायक दिपक थापा मगर र भिमल मगरले दर्शक स्रोतालाई भरपुर मनोरन्जन प्रदान गर्नुभएको थियो । कार्यक्रममा मौलिक पर्व हुर्राले सम्पूर्ण दर्शक स्रोताहरूको ध्यान खिचेको थियो भने विभिन्न साँस्कृतिक प्रस्तुति रहेको थियो।
सो कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष नवीन कार्की, वडा नम्बर ५ का वडाध्यक्ष चेतन खड्का, वडा सदस्यहरू विनयराज तिम्सिना, बिना परियार, दिलबहादुर मगर, नेपाल मगर संघ रंगेली नगर कमिटी अध्यक्ष प्रेम पिठाकोटे मगर, शान्ति सामुदायिक वनका अध्यक्ष कुलमणि गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

