काठमाडौं । लामाे समय नेकपा एमालेमा रहेर राजनिती गर्दै दाङबाट सांसद समेत बनिसकेकाे महिला नेतृ गंगा थारुले हाल नेपालमा गणतन्त्र असफल भएकाे बताएकि छिन्।
नेपालमा गणतन्त्रकाे औचित्य पउँचवाला र ठुलाबडाकाे लागि मात्र आयकाे बताउँदै आएकि गंगालाई एमालेलेगत बर्षकाे निर्वाचनमा सांसदकाे टिकट नदिँदा उनी लाैराे चुनाव चिन्ह लिएर स्वतन्त्र उमेदवारि दिएकि थिईन्।
हेर्नाेहाेस गंगाले आफ्नाे फेसबुकमा लेखेकाे गणतन्त्रको बिकल्प किन ? भन्ने उनकाे आशयका हरफहरु :
आज फेरि नेपाली जनता किन गणतन्त्रको बिकल्प खोज्दै छन – गणतन्त्र असफल भएको नयाँ उदाहरण :
नेपालका राष्ट्रपतिहरु दलको झोले कार्यकर्ता जस्ता देखिएकाले राजतन्त्रको आवश्यकता परेको हो। राष्ट्रपतिहरुले संविधानको संरक्षण गर्नुको सट्टा पार्टीको निहीत स्वार्थको संरक्षण गर्न तर्फ लागेको देखिएको छ। तर राजाहरुले यस्तो संकिर्णता कहिल्यै देखाएनन् बरु जनताका लागि गद्दीको मायाँ पनि गरेनन्। यस्ता थुप्रै उदाहरणहरु छन्। पछिल्लो उदाहरणको रुपमा संसदको महासचिवको नियुक्तिको विषयलाई लिन सकिन्छ। संसदको महासचिव को हुन्छ वा कसलाई सिफारिस गरियो यो मेरो सरोकारको विषय होइन तर राष्ट्रपतिले जाबो एउटा कर्मचारीको नियुक्तिमाथि जुन तरिकाबाट फोहरी राजनीति गरिरहेका छन् यो अत्यन्त निन्दनीय र घृणित कार्य हो। नेपालको राष्ट्रपतिको अधिकार र कर्तव्य बेलायतको राजाको जस्तै हो। बेलायतमा King can do no wrong अर्थात राजाले गल्ती गर्दैनन् भन्ने मान्यता रहेको छ। राजाले गर्ने सबै कार्य कुनै निकाय वा पदाधिकारीको सिफारिसमा मात्र गर्ने भएकोले राजाले गर्ने कार्यको जस अपजस सिफारिस गर्ने निकाय वा पदाधिकारीको हुन्छ। बेलायतको राजाको जस्तै अधिकार र कर्तव्य भएका तर झिङ्गाको जत्रो मन भएका नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांङ्ग्रेस र गठबन्धनको इसारामा महासचिवको नियुक्तिको सिफारिसलाई होल्ड गरेर संविधान मिच्ने काम गरेका छन्। यो कार्यले २०८४ को निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत ल्याउन सहयोग पुग्छ भन्ने ठानेका होलान सायद राष्ट्रपति र उनको पार्टीले। तत्कालिन प्रधान न्यायाधीश सुशिला कार्कीमाथि महाभियोगको प्रस्ताव ल्याउँदाको फल सायद कांङ्ग्रेसले फेरी बिर्सेजस्तो छ। प्रजातन्त्रको लागि लामो लडाई लडेको दाबी गर्ने र देशको ठूलो पार्टीको रुपमा रहेको काङ्ग्रेसले संविधान मिच्न राष्ट्रपतिलाई उकासिरहेको देखिएको छ। यस्ता झिङ्गे दाउ हेर्ने, निकृष्ट, गैरसंवैधानिक र कुनै पार्टीको झोले झै राजाहरुले कहिल्यै काम गरेनन्। यसले पनि अब नेपालमा गणतन्त्र असफल भएको सिद्ध भएको छ र छिटोभन्दा छिटो राजतन्त्रको स्थापना हुनुपर्ने कुरा थप प्रमाणित भएको छ।
तत्कालिन अवस्थामा सांसद गंगा MCC र नागरिकता बिध्येक काे बिराेधमा संसदमा कडा रुपले बिराेध गर्नुका साथै बेथितिकाे बिषयमा तठस्त बिचार राख्ने एक महिला जनप्रतिनिधिको परिचय स्थापित नेतृ हुन ।
