डिकेन्द्र बस्नेत । मोरङको पथरी शनिश्चरे नगर पालिका वडा नं. ८ ले वडाभित्र जसको कोही केही छैन ‘वडाध्यक्ष मेरो साथी’ कार्यक्रम छ भनेर जनता सँग प्रत्यक्ष जोडिने कार्यक्रमहरु निरन्तर गरिरहेको छ ।
शनिबार वडा भित्रका एघार परिवारलाई सुत्ने खाट वितरण गरेको छ । सो वितरणको क्रममा बोल्दै वडा अध्यक्ष नवीन कार्कीले ‘भोट हालेर जिताएका नेता पलङमा सुत्ने सर्बहारा बर्गका जनताको घरमा सुत्ने खाट नभएर यो चिसोमा भुइ बासको खाटमा सुत्नुपर्ने बाध्यता रहेको भेटिएपछि यो चिसोमा कम्तिमा अभाबले भुइमा सुत्नु नपरोस भनेर वडा कार्यलयबाट आज ११ परिवारलाई सुत्ने खाट वितरण गरिएको’ बताएका छन् ।
यसै गरी कार्यक्रम अन्तर्गत वडा भित्रका पैंतालीस जना विपन्न विद्यार्थीहरुलाई पठन पाठनको पुर्ण सामाग्री हस्तान्तरण, अक्सिजन लगाउनु पर्ने नागरिकलाई अक्सिजन सिलिन्डर, रगत अभाब हुँदा उपलब्ध गराई दिने र बजेट ब्यबस्थापन गर्ने, नगरपालिकाको शव बाहनले नभ्याएको समयमा अन्य गाडी प्रयोग गर्दा लाग्ने खर्छ ब्यबस्थापन, सर्पले टोकेर उपचार गर्नुपर्ने बिरामीलाई उपचार खर्च, अति विपन्न सुत्केरी आमालाई सहयोग, अति बिपन्न परिवारमा काज किरिया गर्न आर्थिक सहयोग गर्ने जस्ता कार्यक्रम गरिने वडा अध्यक्ष कार्कीले बताएका छन् ।
