दाङ । दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ । पश्चिमबाट पूर्व जाँदै गरेको रात्रि बस दुर्घटनामा परेको हो ।
उद्धारका लागि घटनास्थलमा पुगेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बस दुर्घटनामा केही मानिस हताहत भएको बताए ।
स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय छन् । घाइतेहरुलाई उद्धार गर्दै अस्पताल पठाउने काम जारी छ ।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
