Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अफताब आलमविरुद्धको मुद्दाको आइतबारदेखि अन्तिम सुनुवाइ हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 12, 2024
0 shares

काठमाडौँ । लामो अन्यौलका बिच रौतहट जिल्ला अदालतले आगामी पुस २९ गतेका लागि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दाको पेसी तोकेको छ । आगामी आइतबारका लागि रौतहट जिल्ला अदालतले आलम लगायतका ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।

मुद्दा दर्ता भएको करिब ४ वर्ष अदालती प्रक्रियामै रोकिएको उक्त मुद्दामा गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि मङ्सिर २४ गतभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन । सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि रौतहट जिल्ला अदालतले आगामी पुस २९ गते आइतबारका दिन उक्त मुद्दाका लागि पेसी तारेख दिएको हो ।

२०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा दर्ता भएको ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुर’मा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित आलम निकटका ११ जना प्रतिवादी छन् ।

२०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा साविक रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो । जनतालाई आफ्नो प्रभावमा पारी धाँधली गरी निर्वाचन जित्नको लागि भण्डारण गरी राखेको ग्रेनाइट र हातहतियार बनाउन संकलन गरी राखेको विस्फोटक पदार्थ र स्थानीय मतदाता तर्साउन तयार पारेर राखिएको बम विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए ।

आफन्तको गोठमा बम बनाउँदै गरेका उनीहरु घाइते भएपछि योजनाको पोल खुल्ने डरमा घाइते अवस्थामा रहेका उनीहरुलाई आलमले आफ्नै ईट्टा भट्टाको चिम्नीमा जलाई मारेको आरोप लागेको छ । घटनाको तीन दिनपछि नै आलमसँगै निर्वाचन लडेका शैलेन्द्र साहले २०६४ चैत ३० गते नै प्रहरीमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय, रौतहटमा कारबाहीका लागि रायसहितको प्रतिवेदन बुझाएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय रौतहटका तत्कालीन नेतृत्वले मुद्दा नचल्ने निर्णय गरेपछि उक्त घटना दबाइएको थियो ।

त्यसपछि उक्त निर्णय महान्यायाधिवक्ता कार्यालयबाट पनि सदर भएकामा पछि सर्वोच्च अदालतमा महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गराइ मुद्दा चलाउने आदेश दिन माग गरिएको थियो ।

सर्वोच्च अदालतले २०६९ जेठ १६ गते महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा फैसला सुनाउँदै उक्त मुद्दामा गम्भीर रुपले अनुसन्धान गरी मुद्दा चलाउनु भन्दै सरकारको नाममा निर्देशनात्मक आदेशसमेत दिएको थियो ।

सर्वोच्चको उक्त फैसला पुनरावलोकन गरिपाउँ भनी महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको भए पनि सर्वोच्चले २०७० साउन ११ गते पुनरावलोकनको निस्सा दिन अस्वीकार गरेको थियो । त्यसपछि पनि उक्त मुद्दामा पुनः अनुसन्धान सुरु हुन सकेन । फैसला कार्यान्वयनका लागि फैसला कार्यान्वयन निर्देशनालयले पटकपटक ताकेता गर्दा पनि फैसला कार्यान्वयन हुन नसकेकाले अदालतको अवहेलनामा कारबाही गरिपाउँ भन्दै अधिवक्ता पुष्पराज पौडेलले जिल्ला प्रहरी कार्यालय रौतहटलाई विपक्षी बनाइ रिट दर्ता गराए ।

त्यसपछि सर्वोच्च अदालतले फैसला कार्यान्वयन नहुनुको कारण पेस गर्न भन्दै प्रत्येक महिना अनुसन्धान प्रगति प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो । त्यसपछि बल्ल रौतहट प्रहरी सक्रियरुपमा लागेर उक्त घटनाको पुनः अनुसन्धान गर्दै रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

४ वर्ष पूरा भइसकेको उक्त मुद्दा छिटो फर्स्यौट गर्न सर्वोच्च अदालतले पनि ताकेता गरेपछि रौतहट जिल्ला अदालतमा कात्तिक २१ र २२ गते निरन्तर सुनुवाइ गरी १५ दिनभित्र बहस नोट पेस गर्न भनिएको थियो । कात्तिक २२ गतेको आदेशपछि दसैँ, तिहार तथा छठको बिदा परेकाले सरकारी वकिलले मङ्सिर २४ गतेमात्रै अदालतमा बहस नोट बुझाएको थियो । दुवै पक्षबाट बहस नोट पेस भए पनि मुद्दाको पेसी भने चढ्न सकेको थिएन ।

आलमको मुद्दामा अदालतले अनिश्चित ढिलाइ गरेको र न्यायाधीशहरुले पनि पन्छाएको आरोप लागेपछि रौतहट जिल्ला अदालतले आगामी साताका लागि साप्ताहिक पेसी सूचीमा राखेको हो । रौतहट जिल्ला अदालतका श्रेष्तेदार उद्धव प्रसाद ढोडारीले आगामी साताका लागि आलम लगायत विरुद्धको उक्त मुद्दा साप्ताहिक पेसी सूचीमा चढेको बताए । उनले भने, ‘यो मुद्दाको अर्को पेसी पुस २९ गतेका लागि तोकिएको छ । उक्त दिन अन्य कुरा यथावत रहेमा निरन्तर सुनुवाइमार्फत् फैसला आउँछ ।

जिउँदो घाइतेलाई समेत ईटाभट्टामा जलाइयो : प्रत्यक्षदर्शी राजेश प्रसाद सहनी

२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा मृत्यु भएकाहरुलाई जलाउन प्रयोग गरिएको राजा ईटा उद्योगमा काम गर्ने एक प्रत्यक्षदर्शीले बम विस्फोटमा परी घाइते भएका र मृत्यु भएकाहरुलाई ईटाभट्टामा जलाएको आफूले प्रत्यक्ष दिएको बयान दिएका थिए । राजा ईटा उद्योगमै काम गर्ने राजेश प्रसाद सहनीले घटनाबारे यस्तो बयान दिएका थिए ।

‘राति करिब १२ः३० बजे देखि १ः०० बजेको बिचको समयमा ट्रयाक्टरको आवाज र मानिसहरुको खैलाबैलाले मेरो निद्रा भङ्ग गरायो । म उठेँ, के रहेछ, रातको समयमा किन ट्रयाक्टरमा मानिस आएका हुन् भनी डर लाग्यो । बद्री सहनी समेत सँगै देखेँ । बद्रीलाई सँगै देखेपछि मलाई नजिक गएर बुझ्न मन लाग्यो, नजिक गएँ । ट्रयाक्टर नजिक पुग्दा मोहमद अफताब आलम, निजका भाइ मोहमद महताब आलम लगायत करिब आधा दर्जन मानिसहरु थिए, उनीहरु नेता भएकाले मैले चिनेँ । अरुलाई चिन्न सकिनँ, कोको थिए । बद्री सहनी समेत सोही ट्रयाक्टरमा सँगै आएका रहेछन् । ट्रयाक्टरमा जुटको बोरामा मानिस हालेर ल्याएको रहेछन् । त्यो देखेर म धेरै डराएँ, मलाई निजहरुले ठुलो स्वरमा त्यहाँबाट टाढा जान आदेश दिए, म केही पर गएँ । बोरामा ल्याएका मानिसहरु पालैपालो निकाल्दै ईट्टा पोल्ने भुङ्ग्रोमा हाल्न लागे । निजहरुले कति मानिसहरु ल्याए, यकिनका साथ सङ्ख्या भन्न सक्दिनँ । मलाई केही पर पठाएको कारण गन्न सकिनँ, जसमध्ये कोही जिउँदै पनि हुनुपर्छ, किनकि मैले बोरामा चलमलाएको देखेको थिएँ । बद्री सहनीसमेत जलाउने काममा प्रत्यक्ष सहभागी बनेका थिए । उनीहरुले करिब ३ घण्टा लगाएर जलाइसके पश्चात सबै जना गाउँतिर फर्केका थिए ।’

राजेश प्रसाद सहनी मात्रै होइन, घटनामा घाइते भएका गौरी शंकर राम चमारले पनि बम विस्फोटबाटै आफू घाइते भएको बयान दिएका थिए । जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीसमेत दिएका गौरी शंकर रामले शेख इद्रिसको गोठमा १५–१६ जना मानिसहरु बसिरहेको आफूले देखेको र त्यहीँ पुग्दा विस्फोट भइ आफूसमेत घाइते भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

नेपाल प्रहरीले भारतको सितामढी पुगेर गौरी शंकर राम चमारलाई नेपाल ल्याइ पीडितको संरक्षणसमेत गरी अदालतमा समेत बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved