
आकाश मगर, उदयपुर। उदयपुरको बेलका नगरपालिका वडा नं. ८ अन्तर्गत धरान-चरारा सडक खण्डको हाती सुडे चोकमा आज अपरान्ह १ बजे कार दुर्घटना हुँदा कारमा सवार पाँचजना सक्त घाइते भएका छन।
घाइतेहरुको हात, खुट्टा भाचिनुका साथै शरिरको विभिन्न भागमा गम्भीर चोट लागेको र घाइतेहरुको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको साथै चालक पोखरा महानगरपालिका २९ बस्ने बर्ष २८ का सिद्दार्थ गुरुङको भने शरिरमा सामान्य चोटपक मात्र लागेकाले चालकको अबस्था सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ।
तिब्र गतिका कारण कार अनियन्त्रित भई सडकको दायाँ पट्टिको भागमा करिब १०० मिटर पर सडक छेउमा रहको रुखमा ठोकिएर कार दुर्घटना हुन सक्ने अनुमान गरिएको छ। कारमा सवार सबै पोखराबाट धरानको बुढासुब्बा दर्शनका लागि गएको बुझिएको छ।
घाइते हुनेहरुमा पोखरा महानगरपालिका २९ बस्ने बर्ष २७ का प्रकाश गुरुङ सोही ठाउँका बर्ष २७ को फिरोज सुवेदी, बर्ष २६ को अजय गुरुङ, बर्ष २७ को दिपेन्द्र गौत्तम र बर्ष २६ को सुरज आचार्य भएको र घाइतेहरुको हात, खुट्टा भाचिनुका साथै शरिरको विभिन्न भागमा गम्भीर चोट लागेको बुझिएको छ।
