Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पक्राउ परेका बम्जन केहि हप्ताअघि काठमाडौँ छिरेका थिए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 10, 2024
18 shares

काठमाडौ ।हिजाे साँझ सिआईबिद्वारा पक्राउ परेका लिटिल बुद्ध बताउने तपस्वी रामबहादुर बम्जना प्रहरीबाट वच्न विभिन्न ठाउँमा लुकिछिपि बस्ने क्रममा बुढानिलकण्ठ स्थित आफ्नै घर आएकाे माैकापारि पक्राउ गरिएकाे हाे।

सिआइबी स्रोतका अनुसार लुकीछिपी हिँडेका बम्जन केही हप्ताअघि काठमाडौँ छिरेका थिए। उनी काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा लुकेको सूचना प्रहरीले पाएको थियो।

बूढानीलकण्ठमा उनको घर छ। त्यही घरमा आएको मौकामा प्रहरीले उनलाई पक्राउ गरेको हो। विगतमा उनलाई नियन्त्रणमा लिन नसकेपछि प्रहरीले परिवारलाई निगरानी गरेको थियो। त्यही क्रममा उनी घरमा बसेको निश्चित भएपछि सिआइबीले आज साँझ ७ बजे पक्राउ गरेको हो।

प्रहरी आएको सुइँको पाएपछि बम्जन दुई तलामाथिबाट हाम्फालेका पक्राउ गर्न खटिएका एक प्रहरी बताउँछन्। घर घेरेर छापा मार्न पुगेको सिआइबी टोलीबाट भने यसपटक उनी फुत्कन पाएनन्। उनलाई पक्रन डिएसपी धर्मराज भण्डारीको नेतृत्वमा सिआइबी टोली पुगेको थियो।

यसअघि सिन्धुली आश्रममा छापा मार्न पुगेको सिआइबीलाई भने उनले छलेका थिए। उनलाई नियन्त्रणका लागि खटिएका एक प्रहरी अधिकृतले यसअघि सिन्धुली र मकवानपुरका वनमा लुकेर बसेको उनले नै बयान दिएका बताएका छन्। कुनै बेला भारत पुगेर लुकेकी उनले बताएकी ती अधिकृतले जानकारी दिए।

उनी ५ वर्षदेखि फरार सूचीमा थिए। उनीविरुद्ध २०७६ मा पहिलो पटक पक्राउ पुर्जी जारी भएको थियो तर बम्जन प्रहरीलाई छल्दै आएका थिए। विसं २०७७ मा उनीविरुद्धको एक चरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकीललाई बुझाइसकेको छ।

उनको सिन्धुलीमा ठूलो आश्रम रहेको छ। उनीविरुद्ध २०७३ सालमै आश्रममा आएका युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कार गरेको आरोप थियो। सोही आरोपमा उनीविरुद्ध उजुरी परेको थियो।

केहीलाई बेपत्ता पारेको आरोप पनि रहेको प्रहरी स्रोत बताउँछ। सर्लाही प्रहरीमा परेको उजुरीपछि उनी प्रहरीको खोजीमा परेका थिए। सिआइबीले समूह नै तयार पारेर बम्जनको खोजीमा लागेको थियो।

निज बम्जनलाई आज एक पत्रकार सम्मेलन गरेर उनका बारेका विवरण सार्वजनिक गर्ने सिआइबीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved