काठमाडौं । नवलपरासी इसाई समाजद्वारा जिल्ला प्रशासन कार्यालय नवलपरासीका लागि आउनुभएका प्रमुख अधिकारीलाई स्वागत तथा समन्वय कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
नवलपरासी इसाई समाजका अध्यक्ष पास्टर सुनम दर्लामी मगरको अध्यक्षतामा नवलपरासी जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको यस कार्यालय बाट सेवा निवृत्त भई विदाई र यस नवलपरासी जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रूपमा आएका सुरेश पन्थीको स्वागत कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रममा नवलपरासी इसाई आमा दिदी बहिनी संगतिका अध्यक्ष टेरेसा गुरुङ, पास्टर सुभाष ज्ञवाली (लु. ख्रि.स.) बर्दघाट नगर इसाई समाजका अध्यक्ष पास्टर राम बहादुर थापा, सुनवल नगर इसाई समाजका उपाध्यक्ष पास्टर जीत बहादुर तामाङ, रामग्राम नगर इसाई समाजका अध्यक्ष इम्मानुएल चौधरी एंव बर्दघाट नगर इसाई जवान संगतिका अध्यक्ष अगुवा फिलिप चौधरी लगाएत विशिष्ट पास्टरहरु को सहभागीता रहेको थियो ।
नवलपरासी इसाई समाजका अध्यक्ष मगरले प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी लाई खादा ओढाई स्वागत तथा सफल कार्यकालको कामना साथै प्रार्थना एंव यस जिल्लामा भएका विगतका घटना बारे जानकारी गर्नुका साथै अब आउने दिनहरुमा शान्ति सुरक्षा कायम राख्न साथै सदभाव रही रहन समन्वय राखिदन अनुरोध गर्नु भएको थियो।
त्यसै गरी पास्टर सुभाष ज्ञवालीले यस जिल्लामा रहेका ईसाईहरु लाई बद्नाम गर्ने जोड जबरदस्ती साथै धर्मान्तरण गर्ने जस्ता क्रियाक्लापहरुको हामी इसाईहरु घोर विरोध गछौं साथै यस्ता क्रियाकलाप गर्नेहरुलाई कानुन बमोजिम कारवाही हुनु पर्ने जोड दिनु भएको थियो। साथै हामी इसाईहरुको एउटा हातमा बाईबल र अर्को हातमा संविधान हुने गर्छ भन्दै आफ्नो भनाई राख्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले नवलपरासी ईसाई समाज एंव भातृ निकायले गरेको स्वागत प्रति खुशी व्यक्त गर्नु भएको थियो साथै हाम्रो देश हाम्रो संविधान र यस संस्थाको उद्देश्य नै बहु जाति बहु भाषी बहु संस्कृति र बहु धार्मिक देश नेपाल प्रति सदेव सम्मान र संरक्षण गर्नेछ एंव यस ठाउँमा जो कोही आए पनि यस संस्थाले सबैको हित हुने गरी शान्ति सुरक्षा कायम राख्ने प्रतिबद्दता रहने छ भन्दै नवलपरासी इसाई समाज मा रहेका सम्पूर्ण इसाइहरुलाई धन्यबाद व्यक्त गर्नु भएको थियो।
