डिकेन्द्र बस्नेत, झापा । संथाल समुदायको महान पर्व सारी सोहराई पर्व बडो हर्ष उल्लासका साथ मनाएको छ। संथाल समुदायको नयाँ वर्षलाई स्वागत तथा पुरानो वर्षलाई बिदाइ गरेको हो।आस्था अनुसार पुजा गर्ने गरिन्छ।
सोहराय संरक्षण समिति नेपालका अध्यक्ष भगवान लाल बेसराको अध्यक्षतामा तथा संघीय संसद सोनु मुर्मुको प्रमुख आतिथ्यमा मोरङ जिल्लाको जहदा गाउँ पालिकामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना व्यक्त गरिएको छ।
सोरहाई पर्व संथाल समुदायले मान्ने प्रमुख चाड पर्व हो , यो पर्वलाई अलग-अलग देश तथा भौगोलिकमा रहेको समुदायले भिन्न/भिन्न सन्देश दिने उपनामबाट पनि परिचय गराउँदछ । फसलको पर्व, गोठमा रहेकोलाई धन्यवाद दिने साथै प्रेम तथा सद्भावलाई बलियो बनाउने पर्वको रुपमा मानिन्छ ।
पुरानो वर्षलाई बिदा गरि नयाँ वर्षलाई हर्सोउल्लासको साथ स्वागत गर्ने गरेको छ। यो पर्व विशेषतः ५ दिन मनाइने गरिन्छ तर पछिल्लो केही समयदेखि एक दिन थपि गरि ६ दिन मनाउदै आएको छ ।
यो पर्वको शुरूवात मानवीय जीवनलाई जिविकापार्जन गर्न लाई बाली उब्जाउन, राँगा गोरु / गाई आदिको आवश्यक पर्यो र माराङ्गबुरुलाई मानिसले मागे र माराङबुरुले दिएको बिस्वास गरिन्छ ।
जसको कारण तल उल्लेखित उपनाम दिएर पर्व मनाउने गरेको छ:
१) उम माहा – ब्यक्तिगत तयारी गर्छन, नुहाउन सरसफाइ गर्ने गरिन्छ ।
२) बुङ्गा माहा दिन – दाका दिन, गोठमा भएको गोरु राँगा आदि लाई धन्यवाद दिने।
३) खुन्ठौ – गोरु राँगालाई माला लगाईन्छ, अरुवा चामलको रोटि बनाइ र बालीको माला लगाईदिने चलन छ।
४) जाली माहा- घर-घरमा गएर मझिबाबाको निगरानीमा वा नेतृत्व मा नाँचगान गरिन्छ जस्ले प्रेम सद्भाव कायम गर्छन ।
५) हाक्कु काटक्म – माछा मार्ने र सामुहिक भोजन गर्ने ।
र थपिएको दिन छैटौं दिन हो
६) साकरात – भेजा, सिकार गर्न जान्छ पुरुषहरु आएर सामुहिक भोजन गर्छन साथै यसमा भेजा तुइं को खेल खेलिन्छ ।यसरी सोहोराई पर्वलाई विदा गर्छन।
ईश्वरले मानवलाई जिविकापार्जन गर्न दिएको अन्न तथा उब्जनीको लागी दिएको भुमि र खन जोतको लागी दिएको पशु हरेक प्रती धन्यवाद दिनु रहेको छ।
संथाल समुदाय को महान पर्व सारी सोहराईको अवसरमा देश विदेशमा रहनु भएको सबै संथाल परिवार मा सुख शान्ति एवम् प्रेममा बढदै जानू पर्ने नेपाल संथाल पैरवी महासंघका अध्यक्ष विरेन्द्र किस्कुले शुभकामना व्यक्त गरेका छन।
