बिराटनगर ।फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत कोशी प्रदेशको झापा, खोटाङ, उदयपुर, पाँचथर र सोलुखुम्बु जिल्लाबाट बिहिवार १५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरी सम्बन्धीत अदालतहरुमा उपस्थित गराएको छ ।
फैसला कार्यान्वयन तर्फ बिशेष अभियानहरु संचालन गरिरहेको प्रहरीले पाँचथरबाट ५ जना, खोटाङबाट ४ जना, सोलुखुम्बुबाट ३ जना, झापाबाट २ जना र उदयपुरबाट १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका फरार प्रतिवादीहरुलाई तोकिएको कैद तथा जरिवाना असुल उपरको लागी सम्बन्धित अदालतहरुमा उपस्थित गराईएको छ ।
