काठमाडौं । आज काठमाडौँ उपत्यकाको तापक्रम यो वषकै हालसम्मको कम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौँ उपत्यकाको तापक्रम ३ दशमलव ७ डिग्री सेल्यिस मापन गरिएको हो।
महाशाखाका मौसम विद गोविन्द झाले काठमाडौ उपत्यकामा यो वर्षकै हालसम्मको कम तापक्रम आज बिहान मापन गरिएको बताए।
उनले तापक्रम घट्ने क्रम आगामी दिनमा पनि जारी रहने भएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरे।
