डिकेन्द्र बस्नेत,झापा। मोरङको कानेपोखरी गाउँपालिका- ७ स्थित सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलवार कानेपोखरी चोकमा बा. ३ च १६५ नम्बरको बोलेरो पिकअपले बिपरीत दिशाबाट आउदै गरेको प्रदेश १-०५-००१ प ६५६१ नम्बरको मोटरसाईकललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक सप्त्तरीका १८ बर्षीय कृष्ण देब चौधरीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोही मोटरसाईकलमा पछाडी सवार १८ बर्षीय श्यामनन्द चौधरी र बिशाल चौधरीको सोहि अस्पतालमा उपचार भईरहेको तथा घटनामा संलग्न पिकअप र चालक सप्तरीका ३४ बर्षीय बिनोद शर्मालाई ईलाका प्रहरी कार्यालय रङगेलीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
