काठमाडौं । सुनसरी र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो साँज ७ बजे लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी, ईलाका प्रहरी कार्यालय लौकहीबाट कोशी गाँउपालिका- १ लौकही स्थितमा खटिएको प्रहरी टोलीले सोहि स्थानका ३८ बर्षीय सत्य नारायण यादवको घरबाट २४ ग्राम ४ सय २० मिलिग्राम ब्राउन सुगर,नाइट्रभेट अभिल, फेनारगन र नोफोन गरी जम्मा ४ सय ७२ ट्याब्लेट फेला परेको छ। यस्तै बिभिन्न कम्पनीको मोबाईल ४ थान बरामद गरेसंगै लागुऔषध बेचबिखानमा संलग्न देश भारत बिहारका २० बर्षीय मो. अकबर आलमलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी उदयपुरको कटारी नगरपालिका- ४ स्थितबाट ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले स.१० प १६१४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा चालक कटारी- ८ का २० बर्षीय रुद्र तामाङले झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित औषधी टेपेनौाडोल ट्याबलेटस एपेनडोल र स्पासपेन गरी जम्मा ३८ सय चक्की फेला पारी पक्राउ गरेको हो ।
भने प्रहरी चौकी भागलपुर प्रहरी टोलीले चौडण्डीगढी नगरपालिका १ का २६ बर्षीय योगेन्द्र खत्रीलाई शंका लागि चेकजाचँ गर्दा उनको साथबाट ब्राउन सुगर ८ सय २० मिलिग्राम, चरेस ४ ग्राम १ सय ९० मिलिग्राम र ईस्पास्मो १५ ट्याबलेट फेला पारी पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।
