डिकेन्द्र बस्नेत,झापा। झापा र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलमा प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदल यात्री बिर्तामोड नगरपालिका ९ का १९ बर्षीय सुनिल महतो साथबाट ब्राउन सुगर १ ग्राम ३० मिलिग्राम फेला पारी पक्राउ गरेको हो ।
यसै गरी उदयपुरको बेलका नगरपालिका-१ स्थितमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी-२ का २८ बर्षीय समिर राई, २३ बर्षीय रबु परियार र २४ बर्षीय आशिष शाक्यलाई संका लागि चेकजाचँ गर्दा उनिहरुको साथबाट २१ एम्पुल प्रतिबन्धित औषधी बरामद गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
