विदेशी पोशाकलाई अँगाली,
डुल्दैछन् मेची र महाकाली ।
भुलेर अस्तित्व पुर्खौली,
बन्दैछ संसार झन जाली ।
लाउँदैनन् टोपी त्यो ढाकाको,
हिमाल झैँ चुचुरा निकाली ।
भित्रन्छ खुकुरी विदेशको,
कहाँ रह्यो निशाना गोर्खाली ।
भुल्दछन् नेता नै राष्ट्रियता,
के गर्नु पुर्खाले सम्हाली ।
मिचियो मौलिकता मुलुकको,
लागौं न बचाउन यहीँ पालि ।
बचाई राष्ट्रको अस्तित्व,
बनौँ न सच्चा एक नेपाली ।
– सन्जिब कार्कि
