महोत्तरीमा गएराति लुटेराहरूको एक समूहले गोली चलाएकाे छभने एक महिला घाइते भएकी छन् । लोहारपट्टी नगरपालिका वडा नम्बर ६ गएराति रामकरण साहको घरमा ७ जनाको समूहमा हातहतियार सहित आएका लुटेराको समूहले लुटपाट गर्दै गोली प्रहार गर्दा ४५ वर्षिय गायत्री देवी साह घाइते भएकी हुन् ।
लुटेराहरूको समुहले घरमा लुटपाट गर्ने क्रममा गायत्रीले गुहार माग्दै हल्ला गरेपछि गायत्री देवी माथि गोली प्रहार गरेका थिए ।घाइते गायत्रीको उपचार जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा भइरहेको महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइते गायत्रीको दाहिने तिघ्रामा गोली लागेको उनले बताए ।
लुटेराहरूको समुहले घरमा रहेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाको तिलहरी, दुवै कानको मुन्द्रा लुटेर लगेको उनले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएका छन् ।
