Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गीतकार खनालको उपचार सहयोगार्थ गीताञ्जली साँझ हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 31, 2023
522

हिमांशु राय , मोरङ । केपी घिमिरेद्वारा सञ्चालित नझरेका फूलहरूको आयोजनामा लोकप्रिय गीतकार दुर्गा प्रसाद खनाल (डि.पि) को स्वास्थ्य उपचारका लागि सहयोगार्थ पलेँटी साँझ हुने भएको छ।

मोरङको विराटचोक स्थित प्लानेट लाउञ्जमा पौष १७ गते मङ्गलवार आयोजित पलेँटीलाई यसपटक ‘गीताञ्जली साँझ’ नाम दिइएको आयोजक तथा नझरेका फूलहरूका परिकल्पनाकार,संस्थापक एवम् प्रस्तोता केपी घिमिरेले बताएका छन्।

विगत दुई महिनादेखि स्वास्थ्यमा गम्भीर समस्या भई उपचाररत गीतकार खनालका सयौँ गीतहरू लोकप्रिय छन्। उनका रचनामा रहेका गीतहरू नेपाली साङ्गीतिक क्षेत्रका ख्यातिप्राप्त लगभग सबै गायक गायिकाले गाइसकेका छन्। गीतकार खनालको उपचारमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागिएको र यस अभियानमा थुप्रै मनकारी व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भइरहेको समेत घिमिरेले बताएका छन्।

गीतकार खनालको उपचारको सहयोगार्थ यस कार्यक्रमका निम्ति गायनशिरोमणि रामकृष्ण ढकाल,लोकप्रिय गायक हेमन्त शर्मा,राज सिग्देल,तुलसी पराजुली,प्रविशा अधिकारी, गीतकार किरण के उप्रेती,गायक निमा शेर्पा,साहित्यकार पुरन राई लगायतबाट आर्थिक सहयोग प्राप्त भैसकेको र थप महानुभावबाट पनि सहयोग आउने क्रम जारी रहेको गीतकार समेत रहेका प्रस्तोता घिमिरेले जानकारी दिएका छन् ।

नझरेका फूलहरूको ४१औँ शृङ्खलाका रुपमा मङ्गलवार आयोजना हुने गीताञ्जली साँझमा गायिका पम्फा चाहार, मेरिना राई,अनु बुढाथोकी गिरी,निशा कार्की तथा गायक दुर्गा पराजुली,कृष्णराजा श्रेष्ठ लगायतले झण्डै दुईदर्जन भन्दा बढी गीतहरू सुनाउने बताइएको छ।

गत २०८० पुस ११ गते बुधवार गीतकार संघ नेपाल का अध्यक्ष वसन्त वित्यासी थापा द्वारा हस्ताक्षरित एक अपिल जारी गरि साहित्यकार तथा चर्चित गीतकार दुर्गा प्रसाद खनाल( डि.पि.) को स्वास्थ्य प्रती चिन्ता र चासो ब्याक्त गर्दै सबैमा आर्थिक सहायताको लागि अपिल गरेकाछन्।

आफ्नै स्रोतबाट मात्र उपचार खर्च जुटाउन सम्भव नदेखिएको ले उनको जीवन रक्षाका लागि व्यक्तिगत र संस्थागत रुपमा यथासक्य आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका सर्जक, कलाकार, प्राविधिक एवं समग्र सङ्गीतप्रेमी नेपालीहरुमा गीतकार सङ्घ नेपालले हार्दिक अपिल गरेको थियो।

साहित्य,कला र सङ्गीतप्रेमी दर्शक स्रोतालाई यहि पौष १७ गते हुने कार्यक्रममा सहभागिताका निम्ति निशुल्क प्रवेशको व्यवस्था गरिएको र कार्यक्रम साँझ ६:३० बजेबाट सुरु हुने नझरेका फुल आयोजक का तर्फ बाट के.पि. घिमिरेले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved