Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नक्कलि प्रमाण पत्रकाे बाहाना लगाएर मलाई दुख दिए : सि बि गहतराज

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 31, 2023
738 shares

काठमाडौं। राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज (सिबी) ले आफूलाई नक्कली शैक्षिक प्रमाणपत्रको विषय जोडेर बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले ख्रीष्टियन समुदायका केही मानिसहरुले आफ्नो नाम जोडेर किर्ते सर्टिफिकेट बनाएर फसाउन खोजेको बताएका हुन् ।

अध्यक्ष गहतराजले आफूले र नेपालको कानुन र बाइबलका वचनहरु पूर्ण रुपमा पालना गर्दै आएको बताए । देशको कानुन र बाइबलको नियम हिजो पनि उल्लङ्घन नगरेको र आगामी दिनमा पनि उल्लङ्घन हुने काम नगर्ने उनले प्रतिवद्धता व्यक्त गरे । आफूले कुनै नक्कली सर्टिफिकेट नबनाएको उनको दाबी छ । मिडिया हाउस दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र बाहेक कुनै शैक्षिक योग्यता आवस्यक नरहेको उनले बताए । ‘एउटा महान अभियान’ नामक मिडिया हाउस दर्ताका लागि आफूले नेपाली नागरिकताको प्रमाणपत्रमात्रै पेश गरेको उनको भनाई छ । उनले केही मान्छेहरुले आफ्नो नाममा नक्कली सर्टिफिकेट बनाएर फसाउन खोजेको बताए ।

‘काठमाडौं जिल्ला प्रशासन कार्यालयमा २२ वर्ष पहिला ‘एउटा महान अभियान’ नामक मिडिया हाउस दर्ता गरिएको थियो । मिडिया हाउस दर्ता गर्दा  मेरो नाम जोडेर किर्तिम सर्टिफिकेट बनाएर मलाई नक्कली सर्टिफिकेटमा मेरो नाम जोडियो ।’ उनले भने, ‘म दुःख ब्यक्त गर्न चाहन्छु । जो–जो साथीहरुले भूमिका निर्वाह गर्नुभयो, एकछिन त मज्जानै लाग्यो होला । तर, सत्य कुरा सत्य नै हुन्छ । मैले कुनै पनि खाल्का किर्तिम कार्य गरेको छैन । सत्यतथ्य सम्मानीत काठमाडौं जिल्ला अदालतमा पेश गरेको छु ।’

अध्यक्ष गहतराजले महासंघ नेपाली ख्रीष्टियन समुदायको स्वाभिमान र पहिचानलाई बोकेको बोइङ जहाज भएको बताए । यसले बादल लागेको ठाउँमा कति हल्लियो भन्ने कुरालाई वास्ता नगरी गन्तब्यमा पुर्याएर छाड्ने बताए ।

जेम्स आलेले ख्रीष्टियन समुदायको हक र हितमा लामो समयदेखि राज्यसँग विद्रोह गर्दै अगाडि बढिरहेका अध्यक्ष गहतराजलाई केही झुण्डहरुले पद र पैसाको लोभमा उनलाई फसाउन खाजेको बताए । अहिले ख्रीष्टियन समुदायमाथि दमन र प्रहारको कोशिस भइरहेको समेत उनले बताए ।

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका उमहासचिव उपेश नौवागले केही ख्रीष्टियन समुदायका मानिसहरुले फसाएर कानुनी उल्झनमा पार्ने गतिविधि गरेको बताए । ख्रीष्टियन समुदायमा केही मानिसहरुले दोहोरो चरित्रको भूमिका निर्वाह गरेको उनले बताए । अध्यक्ष गहतराजमाथि भएको प्रहार एक व्यक्तिमाथिको प्रहार नभएर सिंगो इसाई जगतमाथिको प्रहार भएको उनको बुझाइ छ । अध्यक्ष गहतराजलाई विना प्रमाण आरोप लगाएर दु्ःख दिएको उनको दाबी छ ।

साथै, महासंघका उपाध्यक्ष तुलसीप्रसाद श्रेष्ठ, महासंघका कानुनी सल्लाहकार चेतबहादुर आलेमगर लगायतले अध्यक्ष गहतराजमाथि फसाउने षड्यन्त्र भएको बताए।

 

झुठाे आराेपमा हिरासतमा रहेका महासंघका अध्यक्ष गहतराज रिहा

झुठाे आराेपमा हिरासतमा रहेका महासंघका अध्यक्ष गहतराज रिहा

भिडियाे श्राेत : रिपाेर्टस नेपाल

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved