काठमाडौं । बालकुमारी घटनामा गाेलि लागि मृत्यु भएका दुई युवककाे परिवारलाई मष्टाेधर्म संरक्षण समितिकाे तर्फबाट ५०/५० हजार नगद सहयाेग गरिने जनाएकाे छ।
समितिकाे तर्फबाट थर्कबहादुर बस्नेत तथा हरि बुढाथाेकिकाे एक टाेलिले संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँती सहितकाे तस्विर सार्वजनिक गर्दै हरि बुढाथाेकिले फेसबुक मार्फत जानकारि दिएका छन्।
यस्तै चर्तित ब्लगर राेशन श्रेष्ठ आफुले नगद २० हजार सहयाेग गरेका छन् भने उनकाे अगुवाईमा ईजरायलबाट समाजसेवी सुनिता गुरुङ ले सुजनकाे दिदिकाे खाता मार्फत ५० हजार सहयाेग गर्नु भएकाे छ । युके बाट समाजसेवी इशा गुरुङले समेत साेहि दिन १/१ लाख सहयाेग गर्ने वचन दिनुभएकाेछ।
काेरियाका लागि राेजगारि फर्म भर्ने बिबादास्पद झडपमा प्रहरीले गाेलि चलाउँदा दुई युवक घाइते भएका थिए भने किष्ट अस्पल र पाटन अस्पतालमा ती युवकहरुकाे मृत्यु भएकाे थियाे।
